नेपाली यु २० फुटबल टोली घोषणा
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय नेपाल पुरुष यु २० राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।
माल्दिभ्समा हुने च्याम्पियनसिपमा नेपाली टोली उर्जन श्रेष्ठको मुख्य प्रशिक्षणमा उत्रिनेछ। च्याम्पियनसिप चैत ९ देखि २१ गते (मार्च२३ देखि अप्रिल ४ ) हुनेछ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका समूह एमा छन्। समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
यु २० टोली
अलिक श्रेष्ठ
अनुभव पुरी
भक्तबहादुर परियार
विजय उराँव
विज्ञान खड्का
विनायक थारु
धर्बेन्द्र कुँवर (कप्तान)
गणेश पुलामी मगर
जोन बिष्ट
निशान राज लवाट
पवन पाख्रिन
पेम्बा नुर्बु भोटे
प्रशान्त मोक्तान
प्रसुन तामाङ
रणजित लामा
रोहन मोक्तान
रोशन तामाङ
सबिन कुमार लुङ्गेली मगर
सबिन राई
सिद्धान्त खड्का
सुबास बम
सुजन बस्नेत
सुजन डंगोल
The post नेपाली यु २० फुटबल टोली घोषणा first appeared on हाम्रो खेलकुद.