पिएसजीको जित
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी)ले ले हाभ्रलाई १-० ले हराउँदै लिग १ को शीर्ष स्थानमा आफ्नो अग्रता ४ अंक पुर्याएको छ।
स्टाड ओसिआन मैदानमा भएको खेलमा ब्राडली बार्कोलाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा ली काङ इनले दिएको क्रसलाई बार्कोलाले हेडरमार्फत गोल गरेका थिए।
खेलको सुरुवातदेखि नै पिएसजी आक्रामक देखिएको थियो। ख्विचा क्वारात्स्खेलिया र अच्राफ हाकिमीले सुरुआती अवसर बनाए पनि गोल गर्न सकेनन्।
दोस्रो हाफमा पनि पिएसजीले खेलमा नियन्त्रण कायम राख्यो। अन्त्यतिर डिजाइरे डुएलाई लुकास गोर्ना–डुआथले पेनाल्टी क्षेत्रमा लडाएपछि पेनाल्टी दिइयो। तर डुएले प्रहार गरेको पेनाल्टी ले हाभ्रका गोलरक्षक मोरी डियावले बचाए।
यो जितसँगै पिएसजी शीर्ष स्थानमा थप मजबुत बनेको छ।



The post पिएसजीको जित first appeared on हाम्रो खेलकुद.