npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

बायर्न शीर्ष स्थानमा थप मजबुत

Prakash Timalsina 2 days ago

एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा महत्वपूर्ण जित निकालेको छ। डेर क्लासिकर खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै बायर्नले शीर्ष स्थानमा आफ्नो अग्रता ११ अंक पुर्‍याएको छ।

खेल निकै प्रतिस्पर्धात्मक थियो। डर्टमुण्डले २६औँ मिनेटमा ड्यानियल स्वेन्सनको फ्रि किकमा निको श्लोटरबेकले हेडर गोल गर्दै अग्रता लिएको थियो।

दोस्रो हाफमा बायर्न फर्कियो। ५४औँ मिनेटमा सर्ज ग्नाब्रीको पासमा हेरी केनले बराबरी गोल गरे। त्यसपछि ७० औं मिनेटमा पेनाल्टी पाउँदा केनले नै अर्को गोल गर्दै बायर्नलाई २-१ ले अघि बढाए। ८३औँ मिनेटमा स्वेन्सनले फेरि गोल गर्दै खेल २-२ बनाए।

खेल सकिन तीन मिनेट बाँकी रहँदा जोशुआ किमिखले निर्णायक गोल गरे। त्यसपछि बायर्नले बाँकी समय सम्हालेर खेल जित्यो। यो जितसँगै बायर्न म्युनिख उपाधि नजिक पुगेको छ। डर्टमुण्ड दोस्रो स्थानमा छ।

The post बायर्न शीर्ष स्थानमा थप मजबुत first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category