npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एनआरटी‌ विजयी

Prakash Timalsina 2 days ago

काठमाडौं (हाम्रो खेलकुद)- न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २-१ ले हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको‌ दोस्रो खेलको १० औं मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए।

३७ औं मिनेटमा मिनेटपछि एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल‌ १-१ को बराबरीमा पुग्यो।

खेलको ५४औं मिनेटमा टिमोथी चिएमेरिए ओकेरेकेले गोल गर्दै एनआरटीलाई २-१ को जित दिलाए।

एनआरटीको यो पाँचौं जित हो। ९ खेलमा एनआरटीले १९ अंक जोडेको छ। चित्लाङको भने यो चौथो हार हो। समान खेलमा चित्लाङको ७ अंक छ।

आर्मीको पाँचौं जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एक्स्ट्रिम राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सुरुआतदेखि नै आक्रामक रहेको आर्मीले नवौं मिनेटमा जर्जप्रिन्स कार्कीको गोलमा सुरुआती अग्रता लियो।

५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा कुन्साङ लामाले टोलीकस लागि तेस्रो गोल गरे।

आर्मीको यो पाँचौं जित हो। आर्मीले ८ खेलमा १७ अंक जोडेको छ। आठौं हारपछि अंकविहिन नव जनजागृति पुछारमा छ।

The post एनआरटी‌ विजयी first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category