मनाङ र प्लानिङको बराबरी
काठमाडौं (हाम्रो खेलकुद)- एक्स्ट्रिम राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको तेस्रो तथा अन्तिम खेलमा मनाङ र प्लानिङले अंक बाँडेका हुन्।
एनआरटीको जित
न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २-१ ले हराएको छ।
दशरथ रंगशालामा भएको दोस्रो खेलको १० औं मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए।
३७ औं मिनेटमा मिनेटपछि एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो।
खेलको ५४औं मिनेटमा टिमोथी चिएमेरिए ओकेरेकेले गोल गर्दै एनआरटीलाई २-१ को जित दिलाए।
एनआरटीको यो पाँचौं जित हो। ९ खेलमा एनआरटीले १९ अंक जोडेको छ। चित्लाङको भने यो चौथो हार हो। समान खेलमा चित्लाङको ७ अंक छ।
आर्मीको पाँचौं जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एक्स्ट्रिम राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।
दशरथ रंगशालामा खेलको सुरुआतदेखि नै आक्रामक रहेको आर्मीले नवौं मिनेटमा जर्जप्रिन्स कार्कीको गोलमा सुरुआती अग्रता लियो।
५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा कुन्साङ लामाले टोलीकस लागि तेस्रो गोल गरे।
आर्मीको यो पाँचौं जित हो। आर्मीले ८ खेलमा १७ अंक जोडेको छ। आठौं हारपछि अंकविहिन नव जनजागृति पुछारमा छ।
राष्ट्रिय लिग भोलिदेखि स्थगित हुने भएको छ। संसदीय निर्वाचनपछि फागुन २३ गतेबाट राष्ट्रिय लिग पुनः सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
The post मनाङ र प्लानिङको बराबरी first appeared on हाम्रो खेलकुद.