Sahayog Ranjit
|
4 minutes ago
काठमाडौं । विश्वको तेल अर्थतन्त्र धानेको स्ट्रेट अफ हुर्मुज बन्द भएको छ। इरानको रिभोलुस्नरी गार्ड कर्पले स्ट्रेट अफ हुर्मुज बन्द भएको जनाएको हो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अहिले इरानले जवाफी कारबाही स्वरुप खाडी देशमा रहेको अमेरिकी दूतावास र सैन्य क्याम्पमा आक्रमण गरिरहेको छ।
Sahayog Ranjit
|
20 minutes ago
काठमाडौं । खाडीमा देखिएको संकट थप गहिरिँदो छ। इरानले साउदीमा रहेको अमेरिकी दूतावासमा नै आक्रमण गरेको छ। रियादमा रहेको दूतावासमा आज बिहान ड्रोन आक्रमण भएको हो। ड्रोन आक्रमणबाट भएको क्षतिको विवरण आएको छैन। दूतावासले सूचना जारी गर्दै आफ्ना कर्मचारी र नागरिकलाई सतर्क रहन भनेको छ।
Sarala Subedi
|
47 minutes ago
काठमाडौं। अमेरिका र इजरायलले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले खाडी मुलुकलाई निशाना बनाएपछि त्यसको बाछिटा नेपालको वैदेशिक व्यापारमा पर्ने भएको छ। खाडी मुलुकमा इरानले गरेको बमबारीको असर नेपालको आयात निर्यात व्यापारमा पर्ने भएको हो।
Sairam Uparkoti
|
10 hours ago
काठमाडौं। फागुन २१ गतेको निर्वाचनमा भोट हाल्नका लागि हवाई टिकट काटेका नेपाली युवाहरु खाडी मुलुकमा रोकिएका छन्। इजरायल र अमेरिकाले आफूमाथि गरेको आक्रमणको बदलामा इरानले कतार, यूएई, साउदी अरेबियालगायत मुलुकमा बमबारी गर्न थालेपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाली युवाहरु रोकिन पुगेका हुन्।
Basudev Timalsina
|
11 hours ago
काठमाडौं। चुनावको मुखमा विदेशबाट फर्किने नेपालीको संख्या साढे २८ प्रतिशतले बढेको छ। अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरी महिनामा १ लाख ४८ हजार ६२३ नेपाली हवाई मार्ग हुँदै स्वदेश फर्किएका छन्। यो संख्या पोहोर फेब्रुअरीको तुलनामा २८.५८ प्रतिशत बढी हो। पोहोर फेब्रुअरीमा हवाई मार्ग हुँदै १ लाख १५ हजार ५८४ नेपाली स्वदेश फर्किएका थिए।
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको निर्वाचनलाई सफल बनाउन सबैसँग आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग आग्रह गरेका हुन्। उनले निर्वाचनलाई सफल बनाउनु सबैको साझा काम र ऐतिहासिक दायित्व भएको बताए।
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। नेपालमा विदेशी पर्यटकको आगमन १९ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को फेब्रुअरीमा १ लाख १५ हजार ४४२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या सन् २०२५ को फेब्रुअरीको तुलनामा १९.१५ प्रतिशत बढी हो। पोहोर फेब्रुअरीमा ९६ हजार ८८० विदेशी पर्यटन नेपाल घुम्न आएका थिए। The post पर्यटकको आगमन १९ प्रतिशतले वृद्धि, फेब्रुअरीमा भित्रिए १ लाख १५ हजार ४४२ विदेशी appeared first on BIZMANDU.
Basudev Timalsina
|
12 hours ago
काठमाडौं। निर्वाचन सामाग्री बोकेको गाडी रामेछाप नगरपालिका-२ स्थित सिरुबारीमा दुर्घटना भएको छ। दुर्टनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। गाडीमा सवार ७ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। गाडीमा ११ जना सवार रहेकामा ३ जना हाम फालेका थिए।
Netra Tamang
|
13 hours ago
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि क्षेत्रमा चुनावी तालमेल नगर्ने बताएका छन्। उपसभापति शर्माले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गुपचुपरुपमा तालमेल गर्ने आशंका नगर्न आग्रह गरे। शीर्ष नेतालाई जिताउन तालमेको संकेत छ नि भनेर सोधिएको प्रश्नमा शर्माले भने, ‘स्मार्ट अलायन्स अप्रमाणित कुरा हो। बदलिएको कांग्रेसले गर्नुपर्ने काम हाकाहाकी गर्छ।
Sahayog Ranjit
|
13 hours ago
काठमाडौं। फागुन २१ गते कुन चुनाव चिह्नमा मत हाल्ने? अहिले गाउँका देउरालीदेखि सहरका चिया पसलसम्म चर्चा चुनाव चिह्नकै छ। तर, ती चुनावी चित्रको भिडमा जहिलै हराउँछन्- उम्मेदवार। आम निर्वाचनमार्फत आखिरमा मतदाताले चुन्ने भनेको आफ्नो प्रतिनिधि हो। तर, किन यसरी मतपत्रमा राखिन्छ त चुनाव चिह्नमात्रै? किन हुँदैन उम्मेदवारको नाम वा पहिचान खुल्ने विवरण?
Sahayog Ranjit
|
13 hours ago
Basudev Timalsina
|
14 hours ago
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन यातयात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ। नाइमाको टोलीले विभागका महानिर्देशक राजीव पोखरेल र निर्देशक श्रीकान्त यादवलाई भेटेर सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताएको हो।
Basudev Timalsina
|
16 hours ago
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा इरानको आक्रमणमा परी ज्यान गुमाउने नेपाली युवाको पहिचान खुलेको छ। यूएईस्थित नेपाली दूतावासले अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली युवा गोरखाका दिवस श्रेष्ठ भएको जनाएको छ। दूतावासका अनुसार २९ वर्षिय दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए।
Sabin
|
17 hours ago
काठमाडौं। चुनाव देशभर लागे पनि इपिसेन्टर बनेको छ झापा- ५। बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक विरासतमै पुगेर ‘चुनावी हमला’ गरेपछि चर्चा यहीँ केन्द्रित हुन पुगेको छ। उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर शाह झापा पुगेका हुन्- ‘सानातिना नेतालाई जितेर के मजा लिनु?’ भन्दै।
Basudev Timalsina
|
17 hours ago
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर र राजस्व नीतिमाथि सुझाव मागेको छ। राजस्व सचिव भूपाल बरालको संयोजकत्वमा गठित राजस्व परामर्श समितिले राजस्व नीतिका साथै भन्सार महसुल, भ्याट, आयकर, अन्त:शुल्क, गैरकर, राजस्व चुहावट नियन्त्रण लगायत विषयमा सुझाव मागेको हो। समितिले सुझाव पेस गर्न चैत ३० गतेसम्मको समय दिएको छ।
Bhim Ghimire
|
18 hours ago
द्वन्द्वले खाडी क्षेत्र अस्तव्यस्त हुन थालेका बेला दुबईमा ठगको गिरोह सक्रिय भएको छ। दुबई प्रहरीले क्षेत्रीय द्वन्द्वको अवस्थालाई दुरुपयोग गर्दै आफूलाई ‘संकट व्यवस्थापन’ अधिकारी बताउने ठगी गिरोह सक्रिय भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। गत शनिबार अमेरिका र इजरायलले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।
Basudev Timalsina
|
18 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आग्रह गरेकी छन्। उनले सोमबार देशबासीमा नाममा सम्बोधन गर्दै देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि निर्वाचनमा भाग लिन सबै मतदातासँग आग्रह गरेकी छन्। ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन।
Shukra Giri
|
19 hours ago
काठमाडौं। इन्धनको बिक्री ८८ प्रतिशतसम्म बढेको छ। चुनावी माहोल र करिब एक साता सार्वजनिक बिदा रहेका कारण आइतबार इन्धन बिक्री ह्वात्तै बढेको हो। नेपाल आयल निगमका अनुसार सामान्य अवस्थाको तुलनामा आइतबार पेट्रोलको बिक्री ८८ प्रतिशत र डिजलको बिक्री ५० प्रतिशतसम्म बढेको छ। निगमले पेट्रोल आइतबार ४ हजार ७०० किलोलिटर बिक्री भएको जनाएको छ।
Sarala Subedi
|
19 hours ago
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि खाडी क्षेत्रमा देखिएको तनावका कारण सुनचाँदी आयात प्रभावित हुने देखिएको छ। अमेरिका र इजरालयको आक्रमणपछि इरानले पनि जवाफी कारबाहीमा अमेरिकी बेसक्याम्प भएका खाडी मुलुकमा आक्रमण गरिरहेको छ। यसले नेपालमा सुन चाँदी आयातमा समस्या उत्पन्नहरु विज्ञहरु बताउँछन्। नेपालमा दुबईबाट सुन र चाँदी आयात हुँदै आएको छ।
Hem Rokaha
|
19 hours ago