Sarala Subedi
|
31 minutes ago
काठमाडौं। लगातार उच्चको कीर्तिमान बनाएको सुनको भाउमा बिहीबार तोलाको १ हजार ५ सय रुपैयाँ घटेको छ। कारोबार मूल्य २ लाख ७६ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लगातार उच्च भएको सुनको मूल्यमा पाँच दिनपछि गिरावट देखिएको हो।
Prakash Bhandari
|
1 hour ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा पक्षको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बुधबार निर्वाचित नयाँ कार्यसमितिको बसेर आज उनीहरु निर्वाचन आयोग जाने तयारीमा छन्। विशेष महाधिवेशनले थापाको नेतृत्वमा केन्द्रीय समिति चयन गरेको थियो। थापा सभापति रहेको विवरण अद्यावधिक गराउन उनीहरु बिहीवार नै निर्वाचन आयोग जाने तयारीमा लागेका हुन्।
Bhim Ghimire
|
2 hours ago
इटहरी (सुनसरी)। सुनसरीको भोक्राहामा बिहीबार बिहान ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राह-नर्सिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा दुर्घटना भएको हो। दुर्घटना मृत्यु हुनेमा सुनसरीको बर्जु-१ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Bhim Ghimire
|
3 hours ago
काठमाडौं। राष्ट्रिय आर्थिक गणना २०८२ मा स्थलगत तथ्यांक संकलन तथा सुपरिवेक्षणका लागि राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख्य संख्यामा सुपरिवेक्षक र गणक लिने भएको छ। साढे दुई महिनाको कामका लागि करारमा ५२६ सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक लिइने भएको हो। यसका लागि कार्यालयले बिहीबार सूचना जारी गरेको छ।
Masta KC
|
3 hours ago
Masta KC
|
3 hours ago
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा ३.०२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। विद्युत् उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, पशुजन्य उत्पादन,व्यापार, पर्यटन, सेवा, फलफूल तथा तरकारीलगायत विभिन्न क्रियाकलापमा भएको वृद्धिका कारण कुल गार्हस्थ्य उत्पादन ३.०२ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
Sahayog Ranjit
|
5 hours ago
Sahayog Ranjit
|
6 hours ago
काठमाडौं । अमेरिकी डलरको मूल्य आज बढेको छ। आज एक अमेरिकी डलरको बिक्री दर १४४.७८ रुपैयाँ कायम भएको हो। युरो र पाउण्डको मूल्य भने आज घटेको छ। युरोको बिक्री दर १६८.६४ रुपैयाँ र पाउण्डको १९४.६९ रुपैयाँ छ। आज अष्ट्रेलियन डलरको मूल्य पनि घटेर बिक्री दर ९६.७१ रुपैयाँ तय भएको छ।
Sahayog Ranjit
|
6 hours ago
Sarala Subedi
|
7 hours ago
Narayan
|
13 hours ago
Narayan
|
13 hours ago
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः संशोधन भएको छ। कार्यसमिति चयनका लागि बुधबार राती २ बजेदेखि हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान २ बजेदेखि ५ बजेसम्म मतदान तोकिएको छ। विशेष महाधिवेशनले पुरानै विधान अनुसार पदाधिकारी र केन्द्रीय सदस्यको चयन गर्न लागेको हो।
Narayan
|
15 hours ago
काठमाडौं। चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन तथा डिजेल लक्जरी बस आर्क्र्श ग्रुपको ग्रीन अटोमोबाइलले गर्ने भएको छ। ग्रीन अटोमोबाइल विद्युतीय कमर्सियल सवारीसाधनमार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो। नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न निरन्तर प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिबद्ता ग्रीन अटोमोबाइलले जनाएको छ।
Narayan
|
15 hours ago
काठमाडौं। नेपाली कांग्रेसको विवादले अन्नतः दल विभाजनको रुप लिएको छ। संस्थापन पक्षले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई कारबाही गरेसँगै विशेष महाधिवेशन पक्ष पनि नयाँ कार्यसमिति चयनमा अघि बढेको छ। औपचारिक रुपमै कांग्रेस विभाजन भएको छ।
Narayan
|
16 hours ago
Mukunda Ghimire
|
16 hours ago
काठमाडौँ। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन अग्रता बनाएका छन्। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका हुन्।
Sahayog Ranjit
|
17 hours ago
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दासमेत चलाइएको थियो। लामिछाने केही साता अघिमात्रै धरौटीमा रिहा भएका थिए।
Masta KC
|
18 hours ago
Sahayog Ranjit
|
18 hours ago
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे सर्वसम्मत चयन भएका छन्। जारी विशेष महाधिवेशनलाई संस्थापन पक्ष (शेरबहादुर देउवा) ले भने मान्यता दिएको छैन। देउवा पक्षले निवर्तमान महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई भने आज निष्कासन गरेको छ।
Sahayog Ranjit
|
18 hours ago
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न भएको साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ।