npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

खाडी संकटले सुनचाँदीको आयातमा असर पर्ने, दुबई बन्द हुँदा कहाँबाट ल्याउने सुन?

Sarala Subedi 1 day ago

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि खाडी क्षेत्रमा देखिएको तनावका कारण सुनचाँदी आयात प्रभावित हुने देखिएको छ।

अमेरिका र इजरालयको आक्रमणपछि इरानले पनि जवाफी कारबाहीमा अमेरिकी बेसक्याम्प भएका खाडी मुलुकमा आक्रमण गरिरहेको छ। यसले नेपालमा सुन चाँदी आयातमा समस्या उत्पन्नहरु विज्ञहरु बताउँछन्।

नेपालमा दुबईबाट सुन र चाँदी आयात हुँदै आएको छ। इरानको आक्रमणपछि खाडी क्षेत्रको आकासमा विमान उड्न सकेको छैनस जसकारण तत्कालको लागि दुबईबाट सुनचाँदीको आयातमा असर पर्ने सुनचाँदी व्यवसायीले बताएका हुन्।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा २१ अर्ब २० करोड रुपैयाँको सुन र ७ अर्ब ४६ करोड रुपैयाँको चादी आयात भएको थियो।

खाडीमा देखिएको संकटका कारण अरु देशबाट सुन आयात गर्नुपर्ने अवस्था आउने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेश रत्न शाक्यले बताए।

‘दुबईमा भएको कम्पनीको ब्रान्च अरु देशमा हुन्छ। उनीहरुले ब्रान्चमा कुरा गराएर सुन पठाउँछन्। दुबई पछि टर्कीए, हङकङ, इन्डोनेसिया र सिंगापुर देशहरुबाट आयात हुन सक्छ। पहिले पनि दुबईबाट विविध कारणले सुनचाँदीको आयात नहुँदा अरु देशबाट हुने गरेको थियो,’ उनले भने।

अन्य देशबाट सुन आयात गर्दा त्यसको ट्रान्सपोटेसन चार्ज र प्रिमियम चार्ज बढी पर्ने उनले जानकारी दिए। दुबईबाट सुन आयात गर्दा ट्रान्सपोटेसन चार्ज र प्रिमियम चार्ज कम लाग्थो।

शाक्यका अनुसार खाडी संकटका कारण विश्वबजारमा सुन चाँदीको भाउ धेरै महंगो हुने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ५ हजार ३६० अमेरिकी डलर पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रति तोला ३ लाख २६ हजार १०० रुपैयाँ निर्धारण गरेको छ। आज सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेको हो।

त्यस्तै, सुनचाँदी एसोसिएसनका अध्यक्ष भिष्म गौतमले पनि तत्कालको लागि दुबईबाट सुनचाँदी आयात हुने अवस्था नदेखिएको बताए।

‘आक्रमणले गर्दा विश्व बजारमा नै असर पर्छ। सोमबार देखि सुनचाँदीको भाउ अत्याधिक बढ्न सक्छ। नेपाली बजारमा अहिले सुनचाँदीको माग कम हुँदा व्यवसायी तथा बैंकसगँ सुनचाँदीको स्टक बसेको छ। यो आक्रमण लामो समयसम्म चलिरहयो भने बजारमा अभाव देखिनेछ,’ गौतमले भने।

उनले दुबईबाट सुन आउने सम्भावना नहँदा हङकङको सप्लायर्ससँग छलफल चलिरहेको पनि बताए। दुबई बाहेक अन्य देशबाट सुनचाँदी आयात गर्नका लागि पहिलेको भन्दा समय बढी लाग्ने उनले बताएका छन्।

The post खाडी संकटले सुनचाँदीको आयातमा असर पर्ने, दुबई बन्द हुँदा कहाँबाट ल्याउने सुन? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category