चुनावमा बालेनको ‘रफ्तार’, ओलीको अलमल अनि हर्कको बेग्लै शैली
काठमाडौं। चुनाव देशभर लागे पनि इपिसेन्टर बनेको छ झापा- ५। बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक विरासतमै पुगेर ‘चुनावी हमला’ गरेपछि चर्चा यहीँ केन्द्रित हुन पुगेको छ। उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर शाह झापा पुगेका हुन्- ‘सानातिना नेतालाई जितेर के मजा लिनु?’ भन्दै।
चुनावी अभियानमा तीब्र रफ्तारमा कुद्ने बालेन्द्रले अर्का प्रत्यासी ओलीलाई झापा ५ मै अलमलाइदिएका छन्। बालेन्द्रको बढ्दो प्रभावले ओली आफ्नो निर्वाचन क्षेत्रबाट बाहिरिनै सकेनन्, आफ्ना पार्टीका अरू उम्मेदवारका लागि मत माग्ने सभामा सहभागी भएनन्।
बिजमाण्डूको टोलीले पूर्वी नेपालको चुनावी चहलपहलको अवस्था कभर गरिरहँदा यो इपिसेन्टरलाई कसरी देख्यो? बालेन्द्रको चुनावी शैली र ओलीको रणनीति के छ? पूर्वमा उदाएको श्रम संस्कृति पार्टीका हर्क साम्पाङका मौलिक शैली र उनका हर्कत पक्कै रोचक हुनुपर्छ। यिनै सन्दर्भको सेरोफेरोमा पूर्वी नेपालको चुनावी चहलपहलमाथि टिम बिजमाण्डूको भिडियो छलफल हेर्नुस्-
The post चुनावमा बालेनको ‘रफ्तार’, ओलीको अलमल अनि हर्कको बेग्लै शैली appeared first on BIZMANDU.