npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

यूएईमा इरानको आक्रमणमा परी ज्यान गुमाउने नेपाली युवा गोरखाका दिवस श्रेष्ठ

Basudev Timalsina 23 hours ago

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा इरानको आक्रमणमा परी ज्यान गुमाउने नेपाली युवाको पहिचान खुलेको छ।

यूएईस्थित नेपाली दूतावासले अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा ज्यान गुमाउने नेपाली युवा गोरखाका दिवस श्रेष्ठ भएको जनाएको छ।

दूतावासका अनुसार २९ वर्षिय दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए। दूतावासले परिस्थिति सहज भएपश्चात श्रेष्ठको शव नेपाल पठाउन सहजीकरण गर्ने बताएको छ।

The post यूएईमा इरानको आक्रमणमा परी ज्यान गुमाउने नेपाली युवा गोरखाका दिवस श्रेष्ठ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category