npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन नाइमाद्वारा विभागको ध्यानाकर्षण

Basudev Timalsina 1 day ago

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन यातयात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ।

नाइमाको टोलीले विभागका महानिर्देशक राजीव पोखरेल र निर्देशक श्रीकान्त यादवलाई भेटेर सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन आवश्यक रहेको बताएको हो।

प्रदेश नम्बर कायम राखी नामसारी गर्न सवारीसाधनलाई अनिवार्यरूपमा काठमाडौं ल्याएर भौतिक परीक्षण गर्नुपर्ने अहिलेको व्यवस्था झन्झटिलो रहेको अटो व्यवसायीहरुको भनाइ छ।

अहिलेको व्यवस्थाले अनावश्यक समय र ढुवानी खर्च लागेको तथा प्रशासनिक झन्झट भएको भन्दै व्यवसायीले सवारीसाधन रहेको स्थानकै कार्यालयबाट परीक्षण गर्ने व्यवस्था मिलाउन र सम्बन्धित प्रदेश कार्यालयमा प्रमाणीकरण गर्न अन्तर–प्रदेश समन्वय प्रणाली विकास गर्न ध्यानाकर्षण गराएका छन्।

नाइमाको टोलीले जेनजी आन्दोलनपछि यातायात कार्यालयमा दर्ता तथा नामसारी प्रक्रियामा ढिलासुस्ती भइरहेको विषय सम्बोधन गर्न पनि आग्रह गरेको छ। नयाँ सवारीसाधन सडकमा नगुडेको अवस्थामा वार्षिक कर दायित्व लाग्ने विषय व्यवहारिक नभएको व्यवसायीहरुले बताएका छन्।

एसेम्बल गरिएका सवारी साधनको निर्माण वर्ष निर्धारण र कर सम्बन्धी व्यवस्थामा स्पष्टता ‍गर्न नाइमाले विभागसँग आग्रह गरेको छ।

The post सवारीसाधनको स्वामित्व हस्तान्तरण प्रक्रिया सरल बनाउन नाइमाद्वारा विभागको ध्यानाकर्षण appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category