चुनावको मुखमा विदेशबाट फर्किए करिब डेढ लाख नेपाली, विदेशिनेको संख्या झन् धेरै
काठमाडौं। चुनावको मुखमा विदेशबाट फर्किने नेपालीको संख्या साढे २८ प्रतिशतले बढेको छ।
अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरी महिनामा १ लाख ४८ हजार ६२३ नेपाली हवाई मार्ग हुँदै स्वदेश फर्किएका छन्। यो संख्या पोहोर फेब्रुअरीको तुलनामा २८.५८ प्रतिशत बढी हो।
पोहोर फेब्रुअरीमा हवाई मार्ग हुँदै १ लाख १५ हजार ५८४ नेपाली स्वदेश फर्किएका थिए।
त्यसो त पोहोर फेब्रुअरीमा नेपाल छोड्नेको संख्या पनि पोहोर सोही अवधिको तुलनामा बढेको छ। पोहोर फेब्रुअरीमा १ लाख २५ हजार ८६६ जना नेपाली विदेश गएकामा यो वर्ष सोही अवधिमा १ लाख ४९ हजार ८९५ जनाले देश छोडेका छन्।
फेब्रुअरीमा स्वदेश फर्किनेको संख्या विदेशिनको संख्याभन्दा १२७२ ले बढी छ।
The post चुनावको मुखमा विदेशबाट फर्किए करिब डेढ लाख नेपाली, विदेशिनेको संख्या झन् धेरै appeared first on BIZMANDU.