निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, प्रहरी सहायक निरीक्षक यादवको मृत्यु
काठमाडौं। निर्वाचन सामाग्री बोकेको गाडी रामेछाप नगरपालिका-२ स्थित सिरुबारीमा दुर्घटना भएको छ।
दुर्टनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। गाडीमा सवार ७ जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। गाडीमा ११ जना सवार रहेकामा ३ जना हाम फालेका थिए।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बलको विपद् उद्धार वेस खुर्कोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो।
The post निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, प्रहरी सहायक निरीक्षक यादवको मृत्यु appeared first on BIZMANDU.