npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo

हाम्रो खेलकुद

HamroKhelkud.com - Complete website for Nepali Sports News | Nepali Cricket, Football and More

नेपाली यु २० फुटबल टोली घोषणा

Prakash Timalsina | 5 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय नेपाल पुरुष यु २० राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। माल्दिभ्समा हुने च्याम्पियनसिपमा नेपाली टोली उर्जन श्रेष्ठको मुख्य प्रशिक्षणमा उत्रिनेछ।‌ च्याम्पियनसिप चैत ९ देखि २१ गते (मार्च२३ देखि अप्रिल ४ ) हुनेछ। च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका समूह एमा छन्।

सञ्जुको उत्कृष्ट ब्याटिङमा भारत टि ट्वान्टी विश्व कपको सेमिफाइनलमा

Prakash Timalsina | 1 day ago
एजेन्सी – सञ्जु सामसनको उत्कृष्ट इनिङ्समा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ। कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १ सय ९५ रनको लक्ष्य पछ्याएको भारतले १९. २ ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो। सामसनको धैर्यपूर्ण इनिङ्स लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले आक्रामक सुरुआत गरे।

मनाङ र प्लानिङको बराबरी

Prakash Timalsina | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- एक्स्ट्रिम राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लब र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको तेस्रो तथा अन्तिम खेलमा मनाङ र प्लानिङले‌ अंक बाँडेका हुन्। एनआरटीको‌ जित न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २-१ ले हराएको छ।

दक्षिण अफ्रिका विजयी, जिम्बाब्वेका राजाको अलराउन्ड प्रदर्शन

Prakash Timalsina | 2 days ago
एजेन्सी – जिम्बाब्वेका सिकन्दर राजा को अलराउन्डर प्रदर्शन गरेपनि टोलीले विश्वकप सुपर एटमा दक्षिण अफ्रिका विरुद्ध जित निकाल्न सकेन‌ । राजाले ब्याटिङ र बलिङ दुवैमा शानदार प्रदर्शन गरे । दक्षिण अफ्रिका जारी विश्वकपमा अपराजित रहँदै अर्को जित निकाल्न सफल भयो।

हिलीको शतकसँगै भारतविरुद्ध अस्ट्रेलियाको क्लिन स्विप

Prakash Timalsina | 2 days ago
एजेन्सी – अस्ट्रेलियाको महिला टोलीले‌ ओडिआई सिरिजमा विश्व च्याम्पियनमा भारतीय टोली विरुद्ध ३-० ले क्लिनस्विप गरेको छ। तेस्रो तथा अन्तिम ओडिआईमा भारतलाई १ सय ८५ रनले हराउँदै अस्ट्रेलियाले क्लिन स्विप गरेको हो। अस्ट्रेलियाकी कप्तान एलिसा हिलीले आफ्नो अन्तिम ओडिआई खेलमा अविस्मरणीय प्रदर्शन गर्दै ९८ बलमा १ सय ५८ रन बनाइन्।

एनआरटी‌ विजयी

Prakash Timalsina | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबलाई २-१ ले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको‌ दोस्रो खेलको १० औं मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ३७ औं मिनेटमा मिनेटपछि एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल‌ १-१ को बराबरीमा पुग्यो।

आर्मीको पाँचौं जित

Prakash Timalsina | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले एक्स्ट्रिम राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सुरुआतदेखि नै आक्रामक रहेको आर्मीले नवौं मिनेटमा जर्जप्रिन्स कार्कीको गोलमा सुरुआती अग्रता लियो। ५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए ।

Explore news by Category