npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

क्यानले जारी गरेका प्रवेश पास भएकालाई निर्वाचनको दिन सवारीसाधन पास नचाहिने

Narayan | 40 minutes ago
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट जारी भएको विमानस्थलको निषेधित क्षेत्रसम्म जाने प्रवेश पास भएका व्यक्तिलाई चुनावका दिन सवारीसाधन पास आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले उक्त पास भएका व्यक्तिलाई सवारीसाधन अनुमित पास आवश्यक नपर्ने गरी गृह मन्त्रालयमा पत्राचार गरेको हो। प्राधिकरणको आग्रहमा आयोगले सो निर्णय गरेको हो।

प्रधानसेनापति सिग्देल निर्वाचनको सुरक्षाप्रति सतर्क, कमजोरी हुन नदिन दिए निर्देशन

Basudev Timalsina | 1 hour ago
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन्। उनले मंगलबार सेनाको उपत्यका पृतनाको निरीक्षण गर्दै निर्वाचनको सुरक्षामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनको सुरक्षाका लागि पृतनाले गरेको तयारीबारे जानकारी पनि लिए। निर्वाचनको सुरक्षाका लागि सेना यसअघि नै फिल्डमा उत्रिसकेको छ।

गृहमन्त्री अर्यालले गरे मतदान केन्द्रको निरीक्षण, ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह

Basudev Timalsina | 1 hour ago
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रको निरीक्षण गरेका छन्। मन्त्री अर्यालले मंगलबार ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रको निरीक्षण गरेका हुन्।गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत पनि निरीक्षण टोलीमा सामेल थिए। मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे।

खाडी मुलुकका विमानस्थलमा रहेका नेपालीलाई खाने बस्ने प्रबन्ध मिलाउन सरकारको आग्रह

Basudev Timalsina | 1 hour ago
काठमाडौं। सरकारले खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ। आफ्ना नागरिकको अवस्थाबारे नियमित जानकारी लिन तथा उद्धारका लागि उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्न परराष्ट्र मन्त्री बालानन्द शर्माले परराष्ट्र सचिवको संयोजकत्वमा ‘र्‍यापिड एक्सन टिम’ गठन गरेका हुन्।

त्रिभुवन विमानस्थलमा एक महिनामा १० हजार उडान अवतरण, आन्तरिकतर्फ ७ हजारभन्दा धेरै

Sairam Uparkoti | 2 hours ago
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा करिब १० हजार उडान अवतरण भएको छ। विमानस्थल कार्यालयका अनुसार फेब्रुअरीमा ९ हजार ८१६ उडान अवतरण भएको हो। अन्तर्राष्ट्रियतर्फ २ हजार ७९९ र आन्तरिकतर्फ ७ हजार १७ उडान अवतरण भएको कार्यालयले जनाएको छ।

चुनावमा भोट हाल्न जानेको लर्कोले बिपी राजमार्गमा चाप, पुनर्निर्माण भइरहेको सडकमा सहज छैन यात्रा

Sabin | 2 hours ago
काठमाडौं। निर्वाचनमा मत हाल्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या वृद्धि भएसँगै बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। रात्रिबस सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा माइक्रोबस, सुमो र निजी सवारीसाधनको चाप बढेको हो। झापा लगायत पूर्वी जिल्ला जानेहरुले छोटो दूरीका कारण बिपी राजमार्ग हुँदै यात्रा गर्ने गरेका छन्।

खाडी युद्धले पेट्रोलियम मात्र होइन खाने तेलको मूल्य पनि उकालो, रोकियो अर्डर, भएन सिपमेन्ट

Bigyan Adhikari | 2 hours ago
विराटनगर। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा गरेको आक्रमणले पेट्रोलियम पदार्थसँगै खाने तेलको मूल्य पनि बढ्न थालेको छ। युद्ध सुरु हुनुअघि टनको १ हजार २२० डलर रहेको भटमास कच्चा तेलको मूल्य अहिले १ हजार २८० डलर पुगेको छ।

खाडी मुलुकमा बमबारीले नेपालको अर्थतन्त्र प्रभावित हुने, राष्ट्र बैंकले देख्यो यी चुनौती

Basudev Timalsina | 5 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले खाडी मुलुकको तनावका कारण नेपालको अर्थतन्त्रमा फेरी चुनौती थपिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा उनले अहिलेको तनावले रेमिटेन्समा बढी असर गर्ने बताए।

खाडी मुलुकको तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन : व्यवसायी घिमिरे

Basudev Timalsina | 5 hours ago
काठमाडौं। पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले खाडी मुलुकको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा घिमिरेले इन्धनको उत्पादन घटेर आपूर्ति श्रृंखला प्रभावित भए पनि नेपालमा तत्कालै अभाव नहुने बताए।

ललितपुरमा रेष्टुरेन्ट संचालित भवनमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

Sahayog Ranjit | 5 hours ago
काठमाडौं । ललितपुरको एक भवनमा आगलागी भएको छ। भवनको माथिल्लो तल्लामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणका लागि ३ वटै जिल्लाको बारुण यन्त्र पुगेको एसएसपी हविन्द्र बोगटीले जानकारी दिए। दाउरा थकाली रेष्टुरेन्ट संचालनमा रहेको भवनमा अरु व्यवसाय पनि संचालनमा छ। आगलागी भएको भवनबाट ग्यास पड्किएको आवाज आइरहेको छ।

दोहोरो आइजीनको विकल्प खोज्दै सेबोन, संस्थापक र साधारण सेयर ट्र्याकिङका लागि छुट्टै व्यवस्था

Sunil Kunwar | 5 hours ago
काठमाडौं। दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन) लागू गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पठाएको प्रस्ताव सात महिनादेखि होल्ड गरेको नेपाल धितोपत्र बोर्ड(सेबोन) विकल्प खोज्नतिर लागेको छ। सीडीएससीले पठाएको धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकाको मस्यौदा ७ महिनादेखि होल्ड गरेको सेबोनले दोहोरो आइजीनको विकल्पमा छलफल थालेको छ।

चुनावअघिको सेयर बजारमा ३८.५२ अंकको फराकिलो बढोत्तरी, ६ अर्ब २३ करोडको कारोबार

Sunil Kunwar | 6 hours ago
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अघिको अन्तिम सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से मंगलबार ३८.५२ अंक बढेर एक महिना अघिको विन्दुमा पुगेको हो। बजार सूचक मंगलबार २७१२.४९ विन्दुमा पुगेको छ। यसअघि माघ ६ गते २७१४ अंकमा थियो। १३ मध्ये व्यापार बाहेकका सबै उपसमूह बढ्दा बजार सूचक माथि उक्लिएको हो।

घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत, नेप्सेमा थपियो ४७.८० लाख कित्ता

Sunil Kunwar | 6 hours ago
काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा घोराही सिमेन्ट र हिमालयन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र २ लाख १२ हजार ६७९ कित्ता बोनस सेयर थपिएको हो। घोराही सिमेन्टले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

फेब्रुअरीमा आएका विदेशी पर्यटकको वास्तविक संख्या कति? विभाग र बोर्डको तथ्यांक फरक

Sairam Uparkoti | 6 hours ago
काठमाडौं। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक फरक परेको छ। विभागले फेब्रुअरी महिनामा १ लाख १५ हजार ४४२ विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको भोलिपल्ट बोर्डले १ लाख ५ हजार ४४१ पर्यटक आएको विवरण सञ्चार माध्यमलाई उपलब्ध गराएको छ। विदेशी पर्यटक भित्रिएको तथ्यांक राख्ने निकाय विभाग हो।

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज, कालोसूचीमा नाम

Prakash Bhandari | 6 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा -१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले साह विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरेर उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन्।

सेयर बजारमा लगानी निरन्तर बढाउँदै म्युचुअल फण्ड, पुग्यो ५८ अर्ब, मुद्दतीमा शून्य

Sunil Kunwar | 7 hours ago
काठमाडौं। म्युचुअल फण्डले सेयर बजारमा लगानी निरन्तर बढाएका छन्। म्युचुअल फण्डले पछिल्लो एक महिनामा सेयर बजारमा ४.०५ प्रतिशतले लगानी बढाएका हुन्। वित्तीय विवरण सार्वजनिक गरेका खुला र बन्दमुखी गरी ५५ वटा म्युचुअल फण्डले माघ मसान्तसम्म ५८ अर्ब ६ करोड ८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित

Sairam Uparkoti | 7 hours ago
काठमाडौं। यती एयरलाइन्सले चुनावको दिन उडान बन्द गर्ने भएको छ। एयरलाइन्सले मंगलबार सूचना जारी गर्दै २१ गते आन्तरिक उडान बन्द गर्ने जानकारी दिएको छ। निर्वाचन आयोगले चुनावका दिन आन्तरिक उडान निरन्तर हुने बताएकामा यतीले भने त्यस दिनका सबै उडान स्थगित गर्ने बताएको हो। The post यती एयरलाइन्स चुनावको दिन बन्द, सूचना निकालेर भन्यो- २१ गतेका सबै उडान स्थगित appeared first on BIZMANDU.

Explore news by Category