पालिका ब्यूरो
|
55 minutes ago
काठमाडों – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र अमेरिकाको ओरेगन राज्यस्थित युजिन नगरकी प्रमुख कारिन नडसनबीच भेटवार्ता भएको छ । कार्यवाहक प्रमुख डङ्गोलको कार्यकक्षमा भएको भेटमा दुई नगरबीचको भगिनी सम्बन्धको विगत समीक्षा गर्दै नागरिक स्तरमा सम्बन्धलाई अझ मजबुत बनाउने सम्भावित कार्यक्रमबारे छलफल भएको हो ।
पालिका ब्यूरो
|
1 hour ago
काठमाडौ – केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्र देखिने भोजपुरमा अहिले व्यावसायिक कफीखेती विस्तार हुँदै गएको छ । बजारसम्मको पहुँच स्थापित भएसँगै यहाँका किसान व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत उल्लेख्य रूपमा बढेको किसानको भनाइ छ ।
पालिका ब्यूरो
|
1 hour ago
काठमाडौं – ऐतिहासिक धरहराभित्र निर्माण गरिएको भूमिगत पार्किङस्थलको व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ। पुनःनिर्माणपछि तयार भएको उक्त पार्किङमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता रहेको छ ।
पालिका ब्यूरो
|
1 day ago
खोटाङ – रामप्रसादराई गाउँपालिका–३ भुल्केमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँका ४६८ घरधुरीमा खानेपानी सेवा विस्तार गरिएपछि पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको छ ।
पालिका ब्यूरो
|
1 day ago
कैलाली – वर्षायाममा उग्र बहावका कारण त्रास फैलाउने कर्णाली नदी हिउँद लागेसँगै स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षयता कर्णाली नदीको किनार र टापु क्षेत्रमा बगरखेती गर्दै आएकाछन् ।
पालिका ब्यूरो
|
1 day ago
काठमाडौं – जाडोको अन्तिम साससँगै जब पृथ्वीको मुहार फेरिन थाल्छ, जब रूखका नाङ्गा हाँगामा कोमल पालुवा टुसाउन थाल्छन् र हावामा अज्ञात उल्लास मिसिन थाल्छ, त्यही बेला फागुनको पूर्णिमा उदाउँछ । आकाशमा टल्किएको त्यो उज्यालो चन्द्रमासँगै मानिसहरूको मन पनि उज्यालिन्छ ।
पालिका ब्यूरो
|
2 days ago
हुम्ला – समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि, चिसो हावा र बाक्लो हिमपातबीच पनि लोकतन्त्रको अभ्यास रोकिएको छैन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्याइएको छ ।
पालिका ब्यूरो
|
2 days ago
काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम देशभरका ६ हजार ७४३ वटै वडामा सम्पन्न भएको छ । निर्वाचन आयोगले स्वीकृत कार्यतालिकाअनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम आजसम्म ७५३ वटै स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो ।
पालिका ब्यूरो
|
2 days ago
भोजपुर : जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ । पानीका स्रोतहरू घट्दै जाँदा भविष्यमा उत्पन्न हुन सक्ने जलसङ्कटलाई मध्यनजर गर्दै गाउँपालिकाले योजनाबद्ध रूपमा संरक्षणका काम थालेको हो ।
पालिका ब्यूरो
|
2 days ago
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालनमा रहेको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाले आइतबार गरेको अनुगमनका क्रममा विद्यालय तथा विद्यार्थीहरूको व्यवहारमा फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति उल्लेखनीय सुधार देखिएको बताएका छन् ।
पालिका ब्यूरो
|
2 days ago
बागलुङ : बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ अब सिधा सडक सञ्जालमार्फत जोडिएका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सडक पहुँचमा आएसँगै दुई जिल्लाबीचको भौगोलिक दूरी मात्र होइन, सामाजिक र आर्थिक दूरी समेत घट्ने अपेक्षा गरिएको छ ।
पालिका ब्यूरो
|
3 days ago
काठमाडौं – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गरेको छ । हालसम्म ८३ विद्यालयका ३६ हजार २८० जनालाई प्रणालीमा समेटिएको शिक्षा विभागले जनाएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनपछि आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरी विद्यालयका कर्मचारीलाई तालिम दिइएको हो ।
पालिका ब्यूरो
|
3 days ago
कैलाली – टीकापुर नगरपालिका–स्थित एकतानगर सुकुम्बासी शिविरमा दुई दशकदेखि बस्दै आएका राजु विकको एउटै चाहना छ– लालपुर्जासहितको जग्गा। विसं २०६४ यता हरेक निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले आवाससहित लालपुर्जा उपलब्ध गराउने आश्वासन दिए पनि उहाँको सपना अझै पूरा हुन सकेको छैन ।
पालिका ब्यूरो
|
3 days ago
कञ्चनपुर – हरेक निर्वाचनमा राजनीतिक दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि दोहोरिएको छ । स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्म विगत दुई दशकदेखि पुनःस्थापनाको प्रतिबद्धता दोहोरिँदै आए पनि समस्या ज्यूँका त्यूँ रहेको छ ।
पालिका ब्यूरो
|
3 days ago
बागलुङ – ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । स्थानीय बासिन्दा तथा पर्यटकलाई नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु नौ लाख ५० हजार लागतमा मौलिक शैलीको साँघु निर्माण गरिएको हो ।
पालिका ब्यूरो
|
3 days ago
म्याग्दी – अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको उक्त योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवासँग रु ६५ लाखमा ठेक्का सम्झौता भएको थियो।
पालिका ब्यूरो
|
5 days ago
सिरहा — आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । तर यसपटकको घरदैलो अभियान विगतका चुनावजस्तो सहज देखिएको छैन । हिजो आश्वासनमा ताली बजाउने मतदाता अहिले उम्मेदवारलाई ‘रिपोर्ट कार्ड’ माग्दै ‘अडिटर’को भूमिकामा उत्रिएका छन् ।
पालिका ब्यूरो
|
5 days ago
काठमाडौं — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कूटनीतिक साइनोका रूपमा स्थापित गर्नुपर्ने बताएकीछन् । बिहिबार सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौं–फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरू रामरोहन पन्त र सिर्जना सिथिखुसहितको टोलीसँगको भेटमा उनले सहरहरूबीचको सहकार्यलाई परिणाममुखी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिईन् ।
पालिका ब्यूरो
|
5 days ago
काठमाडौं — काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम यकिन गरिएको जनाएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा सम्पन्न अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम पहिचान गरिएको जानकारी दिएको हो ।
पालिका ब्यूरो
|
5 days ago
दाङ – बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।