पालिका ब्यूरो
|
5 hours ago
काठमाडौँ, – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
पालिका ब्यूरो
|
5 hours ago
काठमाडौँ, – काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् । पाण्डेका अनुसार, “चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ, ३ गतेसम्म बहाल रहन्छु,” उनले भने ।
पालिका ब्यूरो
|
10 hours ago
भरतपुर – भरतपुर महानगरपालिकाले पूर्ण रूपमा निर्माण सम्पन्न नगरी प्रशासनिक भवनको उद्घाटन गर्ने निर्णय गरेको छ । महानगरले शुक्रबार तय गरिएको उद्घाटन कार्यक्रम तत्काल रोक्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले कडा आपत्ति जनाउँदै चेतावनीसमेत दिएको छ ।
पालिका ब्यूरो
|
10 hours ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको दिगो विकासका लागि लोकप्रिय नारा र क्षणिक निर्णयभन्दा पनि इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोच आवश्यक रहेको बताएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत दिएका हुन्।
पालिका ब्यूरो
|
10 hours ago
पर्वत – फलेवास नगरपालिका–३ शङ्करपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट एक हजार ३०० जना स्थानीयवासी लाभान्वित भएका छन् । सहिद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको उक्त शिविरमा विभिन्न रोगको विशेषज्ञ परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
पालिका ब्यूरो
|
10 hours ago
काठमाडौं – खाद्य स्वच्छता प्रवद्र्धन र सुरक्षित खाद्य सेवामार्फत व्यवसायलाई दिगो बनाउने उद्देश्यसहित ‘स्वच्छ खाना ः उत्कृष्ट व्यापार (सेफर फुड ः वेटर बिजनेस)’ अवधारणामा आधारित तालिम सञ्चालन हुँदै आएको छ । उक्त तालिममा खाद्य सेवामा अत्यधिक प्रयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर सहभागी छनोट गरिँदै आएको आयोजकले जनाएको छ ।
पालिका ब्यूरो
|
10 hours ago
कैलाली – थारू समुदायले माघी पर्वको पहिलो दिन घरपरिवारको वार्षिक योजना बनाउने परम्परा पछिल्लो समय हराउँदै गएको पाइएको छ । थारू अगुवा रामबहादुर दहितका अनुसार माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायमा माघ १ गते घरको समीक्षा र आगामी वर्षको योजना बनाउने महत्वपूर्ण चलन थियो ।
पालिका ब्यूरो
|
10 hours ago
सुर्खेत – चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा विभिन्न विकास आयोजनाको स्रोत सुनिश्चित गरेको जनाएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आवमा १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रस्ताव पठाए पनि हालसम्म ८५ वटा आयोजनाको मात्र बजेट सुनिश्चित भएको छ ।
पालिका ब्यूरो
|
10 hours ago
पोखरा – पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधि आगामी चैत मसान्तसम्म विस्तार गर्ने निर्णय गरेको छ । राजस्व सङ्कलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई ध्यानमा राख्दै नगरसभाले समय थप्ने निर्णय गरेको हो ।
पालिका ब्यूरो
|
2 days ago
सर्लाही — गोलभेँडाको बजार मूल्य उल्लेख्य रूपमा बढेपछि यस वर्ष सर्लाहीका किसानहरू उत्साहित बनेका छन् । ‘गोलभेँडाको सहर’का रूपमा चिनिँदै आएको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत क्षेत्रमा यतिबेला किसानलाई गोलभेँडा टिप्ने र बजार पु¥याउने चटारो छ । हरिवन नगरपालिका–१ भोक्टेनीका किसान रामबहादुर महतो यस वर्ष गोलभेँडाबाट नसोचेको आम्दानी भएको बताउछन् ।
पालिका ब्यूरो
|
2 days ago
गोरखा — गोरखाको भीमसेनथापा गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनबाट चारवटा विधेयक सर्वसम्मत रूपमा पारित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्तावसहित महत्वपूर्ण विधेयकहरू पारित गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
पालिका ब्यूरो
|
2 days ago
खोटाङ — साकेला गाउँपालिकामा विकासका बहुआयामिक गतिविधिहरू तीव्रगतिमा अघि बढिरहेका छन् । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काइवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने भित्तेचित्रहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई फरक अनुभूति दिलाउने गरेको छ ।
पालिका ब्यूरो
|
2 days ago
ललितपुर — अमेरिकाको कोलोराडो राज्यस्थित ब्रुमफिल्ड सिटी र नेपालको ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड सिटीका मेयर ग्यूलिन कास्त्रियोटाले सोमबार भगिनी सम्बन्धको सुरुवातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
पालिका ब्यूरो
|
4 days ago
म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीडाँडामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत आफ्ना संस्थापक सदस्य स्वर्गीय कृष्णप्रसाद बरुवालको स्मृतिमा उक्त दृष्यावलोकनस्थल निर्माण गरेको हो ।
पालिका ब्यूरो
|
4 days ago
काठमाडौँ – आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीका कारण रूपान्तरण हुँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक मौलिकता पुनः स्थापित गर्न काठमाडौँ महानगरपालिका र वडा कार्यालयले क्षेत्रगत तथा चरणगत रूपमा काम अघि बढाएका छन् ।
पालिका ब्यूरो
|
4 days ago
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय तथा मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो ।
पालिका ब्यूरो
|
4 days ago
खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम अन्ततः सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको भित्री सडक ढलान सात वर्षपछि पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान सम्पन्न भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या अन्त्य भएको छ ।
पालिका ब्यूरो
|
4 days ago
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारि क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण भइरहेको जनमुक्ति मार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । महाभारत र खानीखोला गाउँपालिकाका नागरिकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो सडक निर्माण भइरहेको हो ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले क्षेत्रगत रूपमा फोहर व्यवस्थापन गर्न ३२ वटै वडामा तथ्याङ्क सङ्कलन गरिरहेको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वडालाई सातवटा क्षेत्रमा विभाजन गरी सुरु गरिएको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको हो ।
पालिका ब्यूरो
|
1 week ago
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जना बिरामीले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख कृतिका वैद्यका अनुसार तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा.