npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo

हाम्रो खेलकुद

HamroKhelkud.com - Complete website for Nepali Sports News | Nepali Cricket, Football and More

निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा 

Prakash Timalsina | 12 hours ago
धरान (हाम्रो खेलकुद)- सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ लगातार दोस्रो दिन बिहीवार ६-अन्डर ६४ को स्कोरमा ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै छन्। निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२-अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरे।

साफ फुटसलमा नेपालको जित

Prakash Timalsina | 13 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ। नेपालले आज बैंककस्थित नन्थाबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। साफ फुटसल च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । ४० मिनेटको खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको थियो।

सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

Prakash Timalsina | 22 hours ago
एजेन्सी – सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ। इजिप्टलाई १–० ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको छ। योसँगै मोहम्मद सलाहको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ। बुधबार राति मोरक्कोको तान्जियरमा भएको खेलमा सेनेगलका साडियो मानेले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

रियल कोपा डेल रेबाट बाहिरियो

Prakash Timalsina | 22 hours ago
एजेन्सी – रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मै बाहिरिएको छ। इन्जुरी समयमा जेफ्टे बेटान्कोरले निर्णायक गोल गरेपछि दोस्रो डिभिजनको अल्बासेटेले बुधवार रियललाई ३-२ ले हराउँदै सनसनीपूर्ण जित निकालेको हो। एस्टाडियो कार्लोस बेल्मोन्टेमा भएको खेलमा रियलले दुई पटक बराबरी गरे पनि अन्ततः हार टार्न सकेन।

लिग कपमा आर्सनलसँग चेल्सीको हार

Prakash Timalsina | 23 hours ago
एजेन्सी – लिग कप (काराबाओ कप ) सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले हराएको छ । नाटकीय खेलमा चेल्सीका गोलकिपर रोबर्ट सान्चेजका गल्तीले आर्सनललाई फाइदा पुग्यो । अर्कोतिर अलेजान्द्रो गार्नाचोले २ गोल गर्दै चेल्सीलाई आशा जोगाइराखे।

टि ट्वान्टी विश्वकप – भारत नजाने बंगलादेशको अडान कायमै

Prakash Timalsina | 1 day ago
एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले आगामी टि ट्वान्टी विश्वकप २०२६ भारतमा खेल्न नजाने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै अडान नफेर्ने स्पष्ट पारेको छ। बिसिबी र आइसिसीबीच मंगलबार भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो।

मुम्बईसँग गुजरात पराजित

Prakash Timalsina | 2 days ago
एजेन्सी – मुम्बई इन्डियन्सले महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा मंगलवार गुजरात जायन्ट्सलाई ७ विकेटले हराएको छ। गुजरात माथि मुम्बईको यो आठौँ जित हो। कप्तान हर्मनप्रित कौरको नटआउट अर्धशतकको मद्दतमा मुम्बईले १ सय ९३ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

लिग कप सेमिफाइनल – म्यानचेस्टर सिटीको जित

Prakash Timalsina | 2 days ago
एजेन्सी – म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि २-० को जित हात पारेको छ। यो जितसँगै ८ पटकको विजेता सिटीले फाइनलको सम्भावनालाई मजबुत बनाएको छ। सिटीका लागि एन्टोइन सेमेन्यो र रायन चेर्कीले गोल गरे। हालै बोर्नमाउथबाट अनुबन्धित सेमेन्योले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

बेनिघाट रोराङमा विविध खेलकुद प्रतियोगिता आयोजना हुँदै

Bhupendra GC | 2 days ago
काठमाडौं (हाम्रो खेलकुद) ( बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा ७औँ राष्ट्रपति रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। गाउँ शिक्षा समिति तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आरसिबीको लगातार दोस्रो जित

Prakash Timalsina | 2 days ago
एजेन्सी – ग्रेेस ह्यारिसको विस्फोटक ८५ रनको मद्दतमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले (आरसिबी) युपी वारियर्जलाई ९ विकेटले हराउँदै विमेन्स प्रिमियर लिग (डब्ल्युपिएल) मा लगातार दोस्रो जित निकालेको छ। यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पहिले ब्याटिङ गरेको युपीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो।

Explore news by Category