सुत्र न्युज
|
1 hour ago
हाई ब्लड प्रेशरलाई हाइपरटेन्सन भनिन्छ। यो अवस्थामा धमनीभित्र रगतको दबाब बढ्छ। लामो समयसम्म बीपी उच्च रहिरहेमा रक्तनलीमा स्थायी क्षति पुग्न सक्छ र हार्ट अट्याक वा स्ट्रोकको जोखिम बढ्छ। त्यसैले हाई बीपी हुँदा के गर्ने र के खाँदा बीपी कम हुन्छ भन्ने जान्नु आवश्यक छ। हाई ब्लड प्रेशर कम गर्न उपयोगी उपायहरू: पानी पिउनुहोस्: शरीरमा पानीको कमी हुँदा रगत बाक्लो हुन्छ र बीपी बढ्छ। १–२ गिलास पानी पिउँदा अतिरिक्त सोडियम बाहिर निस्कन मद्दत मिल्छ। डार्क चकलेट: डार्क चकलेटमा फ्लाभेनोइड्स हुन्छन्, जसले रक्तनली फैलाउन मद्दत गर्छ र बीपी घटाउन सहयोग पुर्याउँछ।
सुत्र न्युज
|
1 hour ago
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ। बुधबार उक्त निर्णय सार्वजनिक भएपछि वेबसाइटमा ‘सहकारी ठगी सम्बन्धमा भएको निर्णय’ शीर्षकमा टिप्पणी र आदेश देखिएको थियो। तर शुक्रबार रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा जिबी राईसहित सबै प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय भएपछि सो टिप्पणी–आदेश वेबसाइटबाट हटाइएकाे हाे । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि न्याैपानेले निर्णय हटाइएको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया सञ्चार माध्यमलाई दिएका छन्।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जाललाई राजनीतिक अभियानको रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्। एमालेकाे राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा के विषयमा बोल्ने, कसको समर्थन गर्ने र केको प्रतिवाद गर्ने भन्ने स्पष्टता आवश्यक रहेको बताए। उनले सकारात्मक विषयमा टिप्पणी गर्न, राम्रा कुरालाई प्रोत्साहन गर्न ‘लाइक’ र समर्थन जनाउन तथा गलत सूचनाको खण्डन गर्न कार्यकर्तालाई आग्रह गरे। “केसँग लड्ने, केको खण्डन गर्ने र केको प्रशंसा गर्ने भन्ने थाहा हुनुपर्छ,” ओलीको भनाइ थियो।
सुत्र न्युज
|
2 hours ago
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा सूत्र मिडियाका सम्पादक लक्ष्मण सिटौला पुरस्कृत भएका छन् । ‘धर्तीको ध्वनि’ गीत संग्रहका रचनाकार सिटौलालाई अनेसासले ‘लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’बाट पुरस्कृत गरेको हो । शुक्रवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी अनेसासले सिटौलालाई पुरस्कार प्रदान गरेको हो । ‘लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’बाट पुरस्कृत सिटौलालाई अनेसासले पुरस्कार स्वरूप ५ सय अमेरिकी डलर प्रदान गरेको छ । गएको १८ जुलाइमा अनेसासले विभिन्न विधाका सर्वोकृष्ट कृतिहरू छनौट गर्दै पुरस्कारको घोषणा गरेको थियो । विभिन्न विधामा ११ जना साहित्यकारलाई पुरस्कारको घोषणा गरेको थियो ।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशका लागि लड्नुपर्ने बेला कांग्रेस विभाजन भएको झन्दै दुःख व्यक्त गरेका छन् । शुत्रबार एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको लागि लड्नुपर्ने बेलामा कांग्रेसलाई कसले फुटायो ? भन्दै प्रश्न पनि गरेका छन् । ‘कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुखद् हो लोकतन्त्रको लागि । कांग्रेसका नेताहरू जानिबुझिकन किन यो सब गरिरहेका छन्, म आश्चर्यचकित हुन्छु, किन गरिरहेका छन् । यस्तो बेलामा देशको लागि लड्नुपर्छ कांग्रेस,’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ ।
सुत्र न्युज
|
3 hours ago
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सघन बनेर अघि बढेको छ । शेरबहादुर देउवा र गगन थापा समूहले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग धाइरहेका छन् । बिहीबार गगन समूह निर्वाचन आयोग पुगेको थियो । यसको भोलिपल्ट शुक्रबार बिहान देउवा समूह आयोग पुग्यो । देउवा समूह बाहिरिएपछि फेरि गगन समूह आयोग पुगेको छ । कांग्रेसका दुवै समूह एकअर्कालाई अवैध दाबी गर्दै आफूलाई वैधानिकता दिन माग गरेका छन् ।
सुत्र न्युज
|
3 hours ago
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । माघ ३ गते शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको केन्द्रीय सचिवालय बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ । यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । यसअघि उम्मेदवारको नाम टुंगो लगाउन एमालेले सचिवालयको बैठक बोलाएको हो । विभिन्न कमिटीबाट सिफारिस भएर आएका व्यक्तिहरुको नाममाथि छलफल भएर उम्मेदवार टुंग्याउने एमालेको तयारी छ । यसअघि नै एमालेको क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।
सुत्र न्युज
|
3 hours ago
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाको सहयोगमा सामाजिक सञ्जाल अनुगमन गर्ने भएको छ । आगामी मंसिर २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाको उपकरणसहितको सहयोगमा सामाजिक सञ्जालमाथि निगरानी गरिने आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धमा राजनीतिक दलसँग भएको छलफmलका क्रममा आयोगका आयुत्त सगुन शमशेर जबराले वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत् सामाजिक सञ्जालमाथिको निगरानी गरिने जानकारी दिएका हुन् । सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रवाह हुने सक्ने भएकाले यसलाई रोक्न फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गर्न लागिएको आयुक्त जबराले बताए ।
सुत्र न्युज
|
3 hours ago
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र केही व्यक्तिले विशेष महाधिवेशनको नाममा अनुशासनबाहिरका गतिविधि गर्दै आएको आरोप लगाएका छन् । पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवापक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे । ‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ ।
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगरी प्रहरी बलका प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन् । मेयर बालेन शाहको विश्वासपात्रको रुपमा चिनिने गरेका उनले शुक्रबार यही माघ ४ गतेबाट लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी उम्मेदवार बन्ने चर्चा छ ।
सुत्र न्युज
|
5 hours ago
काठमाडाैं । अमेरिकाको इलिनोइस स्थित ओ’हेयर अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ नजिकै एक कारमा अचानक आगोले ढाकिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। स्थानीय समय अनुसार मध्याह्न आसपास, एक निजी सवारी साधन आगोले घेरिएको भन्दै घटना स्थलस्थित शिकागाे फायर डिपार्टमेन्टलाई खबर गरिएको थियो। दमकल विभागले तुरुन्तै प्रतिक्रिया दिएर आगो नियन्त्रणमा लिएको र कुनै व्यक्ति घाइते नभएको जानकारी दिएको छ। सोमबार देखिएको उक्त भिडियोमा कारबाट भरि निस्किने कालो धुवाँ स्पष्ट देखा परेको छ र आसपासको भीडले पनि घटनालाई हेरिरहेको देखिएको छ।
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविद् टीकाराम भट्टराईले कांग्रेसको आधिकारिकताको विवादले आसन्न फागुन २१ को निर्वाचन सार्नुपर्ने कारण नदेखिएको बताएका छन् । तर, उनले यही माघ ६ गतेका लागि तोकिएको उम्मेदवार मनोनयन दर्ताको समय भने सार्नुपर्ने बाध्यतामा आयोग पुग्न सक्ने बताएका छन् । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोयन दर्ताका लागि माघ ६ गते समय तोकिएको छ । तर, यही बेला कांग्रेसको आधिकारिकता विवाद देखापरेपछि सो निर्वाचन के होला भन्ने प्रश्नले राजनीतिमा तरंग ल्याएको छ । यही बेला वरिष्ठ अधिवक्ता तथा संविधानविद् भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका ५ तर्क : १.
सुत्र न्युज
|
6 hours ago
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोग क्रियाशील भएको छ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति (गगन समूह) र शेरबहादुर देउवा समूह दुवैले कांग्रेसको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगमा दाबी पेस गरेका छन् । दोस्रो विशेष महाधिवेशनले सभापति गगनकुमार थापासहितको केन्द्रीय कार्यसमिति चयन गरेको छ । गगन समूहले बिहीबार आयोगमा पुगेर आवश्यकता दस्तावेज बुझाउँदै कांग्रेसको आधिकारिकता दाबी गरेको थियो । यसको भोलिपल्ट शुक्रबार देउवा समूहका नेताहरु पनि आयोग पुगेर आधिकारिकता दाबी गर्दै दोस्रो विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिएका छन् ।
सुत्र न्युज
|
6 hours ago
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन् । उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित रहेको उल्लेख गर्दै उनले केही व्यक्ति मात्र अलग्गिएको टिप्पणी गरे ।
सुत्र न्युज
|
6 hours ago
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग गएको जानकारी दिए । उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।
सुत्र न्युज
|
6 hours ago
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा सहकारीको रकम हिनामिना गरेको, संगठित अपराज र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता भएको छ । यी सबै मुद्दा विचाराधीन अवस्थामा छ । तर, गत बुधबार (पुस ३०) महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित् जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको थियो । यसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ । युवराज पौडेल (युवराज सफल)ले महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको दाबी गर्दै रविविरुद्धको अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णयको बदरको माग गर्दै निवेदन दिएका हुन् ।
सुत्र न्युज
|
7 hours ago
काठमाडौं । रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सवार सवारीसाधन तोडफोड भएको छ । गोरखाको भिमसेन गाउँपालिका–३ मा अज्ञात व्यक्तिहरुले उनीसहित सवार गाडी तोडफोड भएको हो । रास्वपा भिमसेन थापा गाँउपालिका–३ कमलटार वडाअधिवेशनका लागि जाने क्रममा आफूहरु सवार धनेज थापाको बागमती प्रदेश ०२५ च ७०३० को गाडी पार्किङ स्थलमै तोडफोड भएको परियारले जनाएका छन् ।
सुत्र न्युज
|
7 hours ago