Sutra News
कांग्रेस विभाजनबारे केपी ओलीले भने– देशका लागि लड्नुपर्ने बेला कसले फुटायो ?
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशका लागि लड्नुपर्ने बेला कांग्रेस विभाजन भएको झन्दै दुःख व्यक्त गरेका छन् ।
शुत्रबार एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको लागि लड्नुपर्ने बेलामा कांग्रेसलाई कसले फुटायो ? भन्दै प्रश्न पनि गरेका छन् ।
‘कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुखद् हो लोकतन्त्रको लागि । कांग्रेसका नेताहरू जानिबुझिकन किन यो सब गरिरहेका छन्, म आश्चर्यचकित हुन्छु, किन गरिरहेका छन् । यस्तो बेलामा देशको लागि लड्नुपर्छ कांग्रेस,’ अध्यक्ष ओलीले प्रश्न गरे, ‘अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ । कसले गराउँदै छ यी काम ?’
कानुन र न्यायसम्मतभन्दा निर्णय स्पष्ट रहेको भन्दै उनले नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशन किन गरेको भन्दै प्रश्नसमेत गरे ।
महाधिवेशन कसले बोलाउनेदेखि बहुमत र अल्पमतबारे टुंगो लगाउने पनि थिति होला भन्दै उनले सडकमा बहुमत पुर्याएँ भनेर नहुने भन्दै शेरबहादुर देउवा समूहको साथमा आफूलाई उभ्याएका छन् ।
‘बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुङ्गो गर्ने पनि त थिति होला। कसैले सडकमा बहुमत पुर्याएँ भनेका भरमा हुन्छ ?’ अध्यक्ष ओलीले भने ।