npl.977 Nepal News Stream

Sutra News logo

Sutra News

Sutra News - Digital Magzine

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोप महान्यायाधिवक्ताद्वारा फिर्ता

सुत्र न्युज | 15 hours ago
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध लागेको सबैभन्दा गम्भीर अभियोग सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले सरकारी वकिल कार्यालयले अघि सारेको उक्त अभियोग फिर्ता लिन स्वीकृति दिएको पुष्टि गरेकी छन्। भण्डारीका अनुसार, लामिछानेले आफूमाथि लगाइएका आरोप खारेज गर्न औपचारिक रूपमा निवेदन दिएका थिए, जसबारे निर्णयका लागि सरकारी वकिल कार्यालयहरूबाट फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाइएको थियो। ‘लामिछानेको निवेदन आएको थियो। त्यसमा के गर्ने भन्ने विषय निर्णयका लागि पठाइएको थियो। हामीले अभियोगदाबी फिर्ता लिन स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।

नयाँ वर्षमा टाटाको ‘बिग स्विच’अफर

सुत्र न्युज | 15 hours ago
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ। जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्। यस ‘बिग स्विच’ अभियानको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ‘उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन’ उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको छ।

टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

सुत्र न्युज | 15 hours ago
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु हुन गइरहेको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित GARS ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्। पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनिले जनाएको छ।

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

सुत्र न्युज | 15 hours ago
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

‘रोल नम्बर १’को पहिलो चरणको छायांकन सकियो

सुत्र न्युज | 15 hours ago
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो । दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए । निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो ।

विश्वप्रकाशले किन महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएर गुरू घिमिरेलाई बनाए ?

सुत्र न्युज | 15 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि महामन्त्रीको उम्मेदवारीबाट विश्वप्रकाश शर्माले आफ्नै नाम फिर्ता लिएर गुरूराज घिमिरेलाई अगाडि ल्याएका छन्। शर्माले महामन्त्रीको प्रतिस्पर्धा छोडेर गुरूराज घिमिरेको उम्मेदवार बनाएपछि महामन्त्रीको लागि दुई उम्मेदवार मात्र बाँकी छन्- गुरूराज घिमिरे र प्रदीप पौडेल। हालसम्म शर्माले कुन पदमा उम्मेदवारी दिने टुंगो लागिसकेको छैन। दुई उपसभापति पदका लागि फरमुल्लाह मन्सुरको उम्मेदवारी दर्ता भएको छ। सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी दर्ता भएको छ भने, सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिए। महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गर्नेछ।

देउवालाई के को डर ?, गगन-विश्वलाई कारबाहीपछि बढाइयो सुरक्षा

सुत्र न्युज | 16 hours ago
काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास वरिपरि सुरक्षाकर्मीको टोली थप गरिएको छ। यो सुरक्षा व्यवस्था बुधबार केन्द्रीय समितिले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गरेपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर गरिएको हो। काठमाडौं प्रहरीका अनुसार, देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली कडा गरिएको छ। भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन पनि महामन्त्रीद्धय गगन-विश्वको नेतृत्वमा भइरहेको छ।

निर्वाण कुमार चौधरीले लिए गर्भनरबाट शपथ

सुत्र न्युज | 16 hours ago
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो। व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् ।

कुमारी बैंकको वार्षिक साधारणसभा सम्पन्न, पारित भए यस्ता प्रस्ताव

सुत्र न्युज | 16 hours ago
काठमाडाैं । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावको रुपमा पेश गरिएको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेकाे छ । कुमारी बैंक लिमिटेड विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

गगन-विश्वले चाहे भने कारबाही फुकुवाका लागि निवेदन दिनसक्छन्

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसले बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक मार्फत महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेपछि ‘अब के हुन्छ ?’ भन्ने चौतर्फी चर्चाको विषय बनेको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, कारबाही पार्टी विधानको धारा १७ र ३४ अनुसार गरिएको हो। ‘विशेष महाधिवेशनको नाममा अनुचित कार्य गरेको ठहर गर्दै उक्त निर्णय गर्नुपरेको हो,’ उनले भने। कारबाहीले तीनै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। विश्वकर्माका अनुसार, अन्य सदस्य र पदाधिकारीहरूलाई भने पार्टीमा फर्केर नियमित काममा लाग्न आह्वान गरिएको छ।

निर्वाचन आयोगमा देउवाले पठाएको पत्रमा के छ ?

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलार्ई कारबाही गरेकोबारे निर्वाचन आयोगलाई जानकारी गराइएको छ । बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति (संस्थापन समूह)को बैठकले गगन, विश्व र फरमुल्लाहलाई अनुशासनको कारबाही गर्दै ५ वर्षका लागि पार्टीको सदस्यसमेत नरहने गरी निष्काश गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे आयोगलाई जानकारी गराइएको छ । सभापति शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ । पत्रमा के के उल्लेख छ भन्ने खुलिसकेको छैन । तर, गगन, विश्व र फरमुल्लाहलाई कारबाही गरिएको व्यहोरा भने उल्लेख रहेको बताइएको छ ।

कारबाहीपछि गगनको शालीन र संयम भाषण ‘तपाईंहरूले बोल्दा कसैलाई पनि नराम्रो नभन्नू’

सुत्र न्युज | 17 hours ago
काठमाडौं । कांग्रेसले पाँच वर्षका लागि अनुशासनको कारबाही गरेको केही घण्टामै नेपाली कांग्रेसका नेता गगन थापा भृकुटीमण्डप उत्रिए र त्यो सम्बोधन शान्त भाषामा भए पनि राजनीतिक रूपमा विस्फोटक रह्यो। चर्को नाराबाजीबीच मञ्चमा उभिएका थापाले कार्यकर्तालाई संयमित रहन आग्रह गरे। ‘तपाईंहरूले बोल्दा र लेख्दा कसैलाई पनि नराम्रो नलेख्नू,’ भृकुटीमण्डपबाट आफ्ना समर्थकलाई गगनले भने। उनले आफूहरूको माग व्यक्ति होइन, परिवर्तनसहित चुनावमा जानु मात्र रहेको बताए। ‘हामी चुनावमा जाँदा हाम्रो उम्मेदवार शेरबहादुर देउवा होइन भनेर जाऔँ भनेकै हौँ। देश र जनताका लागि भन्नुपर्ने बाध्यता हो,’ उनले भने।

संस्थापनले गगन, विश्व र फरमुल्लाहलाई मात्र किन गर्यो कारबाही ?

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। तर, विशेष महाधिवेशनमा सक्रिय अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि भने ‘फर्कने अन्तिम ढोका’ खुला राखिएको छ। केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तीन शीर्ष नेतामाथि विधान अनुसार कारबाही भएको सुनाए। उनका अनुसार कांग्रेस विधान २०१७ (संशोधनसहित) का विभिन्न धाराहरू प्रयोग गर्दै आजकै मितिबाट लागू हुने गरी निष्कासनको निर्णय गरिएको हो।

२३ वर्षपछि कांग्रेसमा अर्को विभाजन

सुत्र न्युज | 17 hours ago
काठमाडौं । जेनजी आन्दोलनसँगै सुरू भएकाे नीति र नेतृत्व परिवर्तनको एजेन्डासँगै कांग्रेस अन्ततः विभाजित भएको छ । पार्टीको संस्थापन पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेसँगै कांग्रेस विभाजित भएको हो । पार्टीको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका कारबाहीको निर्णय सुनाएको छ ।

देउवा बाहेक पूर्णबहादुर वा शेखर जसलाई भए पनि स्वीकार्न तयार थिए गगन

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री गगन थापाले आगामी निर्वाचन परिवर्तन भएको कांग्रेस लिएर जान प्रस्ताव गर्दा सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको खुलासा गरेका छन्। केन्द्रीय कार्यसमितिको निर्णयपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले भने आफूहरूको माग पद वा व्यक्ति केन्द्रित नभई पार्टी रूपान्तरण केन्द्रित भएको सुनाए। तर, त्यो प्रस्ताव सभापति देउवाले स्वीकार नगरेको उनको आरोप छ। उनका अनुसार विशेष महाधिवेशन पक्षको अडान ‘गगन थापा नै प्रधानमन्त्री वा सभापति हुनुपर्छ’ भन्ने थिएन।

प्रतिनिधिलाई गगनले भने– महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुछ

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरुमाथि गालीगलौज नगर्ने आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समिति (संस्थापन समूह)ले गगन, विश्वप्रकाश र फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेपछि आक्रोशित कार्यकर्तालाई सम्बोधन गर्दै उनले कुनै पनि नेता कार्यकर्तालाई गालीगलौज नगर्न आग्रह गरेका हुन् । महाधिवेशन सकिएपछि सबैजनासँग मिलेर काम गर्नुपर्ने भन्दै उनले गालीगलौज र नकारात्मक टिप्पणीसमेत नगर्न आग्रह गरेका हुन् । महाधिवेशनस्थलमा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्नेसमेत बताएका छन्। ‘तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला।

गगन-विश्वलाई गरेको कारबाही विशेष महाधिवेशनको हलले गर्यो खारेज

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई गरेको कारबाही विशेष महाधिवेशनले खारेज गरेको घोषणा गरेको छ। बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट गगनले बोलिसकेपछि उद्घोषकले गगन-विश्वलाई गरेको कारबाही खारेज गरेको सुनाए। त्यसअघि पूर्व केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले फेसबुकमा लेखेका छन् ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विघठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रूपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौं भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ।

८ बुँदेमा पार्टीको अहित देखाउन विश्वप्रकाशकाे चुनाैती, अब विशेष महाधिवेशनले सही नेतृत्व दिने चेतावनी

सुत्र न्युज | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विवादले विभाजनको औपचारिकता कुरेको छ । बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति (संस्थापन समूह)को बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गर्दै ५ वर्षको लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । तर, यसअघि संस्थापन इतर (विशेष महाधिवेशन) पक्षधरले सहमतिका लागि गरिएको ८ बुँदे प्रस्तावमा पार्टी र देशको हितविपरीत रहेको देखाउन विश्वप्रकाशले चुनौती दिएका छन् । आफूहरुमाथि कारबाही गरिएको खबर सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत् संस्थापन समूहलाई चुनौती दिएका हुन् ।

Explore news by Category