npl.977 Nepal News Stream

Sutra News logo Sutra News

नेकपाले प्रत्यक्षमै ७० सिट जित्ने ब्रिफिङ

सुत्र न्युज 6 days ago

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षबाट ६५ देखि ७० सिट जित्ने अनुसन्धान रिपोर्ट आउन थालेको जानकारी गराएका छन् ।

बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित बामबुद्धिजीविहरूसँगको छलफलमा संयोजक प्रचण्डले फागुन २१ को निर्वाचनम ४ राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने र आफ्नो पार्टीले प्रत्यक्षतर्फ ६० देखि ७० सिट जित्ने अनुसन्धान रिपोर्ट आउन थालेको बताएका हुन् ।

आसन्न निर्वाचनमा नेकपा पहिलो राजनीतिक शक्ति बन्ने आधार देखिएको दाबी गरेका उनले दोस्रो र तेस्रो राजनीतिक शक्ति को हुने भन्न नसकिने बताए ।

निर्वाचन आउन अझै एक साता बाँकी रहेको र यसबीचमा प्रभावकारी चुनावी रणनीतिक बनाउनुपर्ने उनको भनाइ छ ।

Read more news from Sutra News

Explore by Source or Category