npl.977 Nepal News Stream

Sutra News logo Sutra News

स्थानीय सरकारले दियो शुक्रबार सार्वजनिक बिदा

सुत्र न्युज 6 days ago

रुपन्देही । स्थानीय सरकारले मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । बुधबार सार्वजनिक सूचना निकालेर बुटवल उपमहानगरपालिकाले मगर दिवसका अवसरमा शुक्रबार (फागुन १५) एक दिनका लागि सार्वजनिक बिदा दिएको जनाएको छ।

यसअघि मंगलबार नेपाल मगर संघ रुपन्देहीले ४४औँ मगर दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर नेपाल मगर संघले फागुन १५ गते शुक्रबार देशभर सार्वजनिक बिदा दिन माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष थर्कबहादुर बाह्रघरे मगरले फागुन १५ गते मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले देशभर सार्वजनिक बिदा दिनुपर्ने माग गरेका थिए ।

२०३९ फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरु सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको भन्दै उनले फागुन १५ गते राष्ट्रिय बिदा दिनुपर्ने माग गरेका थिए ।

संघको मागप्रति सुनुवाइ गर्दै बुटवल उपमहानगरले फागुन १५ गते सार्वजनिक बिदा दिएको हो ।

त्यस्तै गुल्मीका सत्यवती, गुल्मी दरबार, रुरुक्षेत्र, काली गण्डकी र मालिका गाउँपालिकाले पनि छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

 

Read more news from Sutra News

Explore by Source or Category