npl.977 Nepal News Stream

Sutra News logo Sutra News

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक महिला प्रहरी नियन्त्रणमा

सुत्र न्युज 6 days ago

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो पक्राउ परेकी हुन् ।

मंगलबार साढे १० हजार अमेरिकी डलर, २६ हजार ७०० युरो, ७ हजार ४०० चिनियाँ युआन र ४३ हजार फेम हन्ड्रा क्रोनर (स्विडेन)सहित उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जान लागेकी उनलाई चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

Read more news from Sutra News

Explore by Source or Category