npl.977 Nepal News Stream

Sutra News logo Sutra News

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

सुत्र न्युज 6 days ago

मकवानपुर । मकवानपुरको हेटौडामा ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ग२ख ८९८ नम्बरको ट्रकले ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेका प्रहरीले जनाएको छ ।

ट्रकका ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको चुरेहिल अस्पताल हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो ।

Read more news from Sutra News

Explore by Source or Category