npl.977 Nepal News Stream

Sutra News logo Sutra News

थुनामुक्त भए दुर्गा प्रसाईं

सुत्र न्युज 6 days ago

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार बुधबार उनी थुनामुक्त भएका हुन् ।

निर्वाचन आयोगको आग्रहअनुसार यही फागुन ४ गते उनलाई निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले प्रक्रिया पूरा गरेर बुधबार उनलाई थुनामुक्त गरेको हो ।

यसअघि प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

Read more news from Sutra News

Explore by Source or Category