npl.977 Nepal News Stream

Sutra News logo Sutra News

निर्वाचन आउन ८ दिन बाँकी : मत बदर हुने यी हुन् ११ अवस्था

सुत्र न्युज 6 days ago

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन बुधबार ८ दिन बाँकी छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि मत बदर नहोस् भनेर आयोगले वडा वडामा मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ ।

उम्मेदवारहरुले पनि मतदान कसरी गर्ने भनेर आफ्ना मतदातालाई सिकाइरहेका छन् । आयोगले पनि मतदाता तथा सरोकारवालाको जिज्ञासा मेटाउन कल सेन्टर पनि राखेको छ ।

निर्वाचनसँग सम्बन्धित विषयमा जानकारी लिन परेमा टोल–फ्री नम्बर ११०२ मा कल गर्न आयोगले भनेको छ ।

साथै आयोगले कुन अवस्थामा मत बदर हुन्छ भनेर पनि जानकारी दिएको छ । आयोगका अनुसार विभिन्न ११ अवस्थामा मत बदर हुनेछ ।

मद बदर हुने ११ अवस्था

१. मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा

२. आयोगले राखेको मसी र स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसंकेत (मतदान) गरेमा

३. मतपत्रमा संकेत चिह्न नबुझिने गरी लतपतिएको वा मतपत्र च्यातिएमा

४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मतसंकेत गरेमा

५. निर्वाचित गर्नुपर्ने सिट संख्याभन्दा बढी उम्मेदवारलाई मतसंकेत गरेमा

६. एकभन्दा बढी निर्वाचन चिह्नमा मतसंकेत गरेमा

७. मतसंकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको मतपत्र

८. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मतसंकेत नगरेमा

९. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्यद्वारा मतदान गरेको पाइएमा

१०. मतपेटिकाभन्दा बाहिर राखिएको मतपत्रको मत

११. जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र पाइएमा ।

 

Read more news from Sutra News

Explore by Source or Category