Sutra News
वायु गुणस्तर सुधारका लागि इनड्राइभको ‘काठमाडौं क्लिन एयर डायलग’
काठमाडौं । इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलग’ आयोजना गरेको छ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपाय खोज्न विभिन्न सरोकारवालालाई एउटै मन्चमा ल्याएको हो ।
कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो ।
सहभागीले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए ।