npl.977 Nepal News Stream

Sutra News logo Sutra News

एमाले नेता तथा कार्यकर्तालाई ओलीको निर्देशन– दैनिक १० स्टाटस लेख्नु, १० कमेन्ट गर्नु

सुत्र न्युज 2 hours ago

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जाललाई राजनीतिक अभियानको रूपमा प्रयोग गर्न निर्देशन दिएका छन्। एमालेकाे राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा के विषयमा बोल्ने, कसको समर्थन गर्ने र केको प्रतिवाद गर्ने भन्ने स्पष्टता आवश्यक रहेको बताए।

उनले सकारात्मक विषयमा टिप्पणी गर्न, राम्रा कुरालाई प्रोत्साहन गर्न ‘लाइक’ र समर्थन जनाउन तथा गलत सूचनाको खण्डन गर्न कार्यकर्तालाई आग्रह गरे। “केसँग लड्ने, केको खण्डन गर्ने र केको प्रशंसा गर्ने भन्ने थाहा हुनुपर्छ,” ओलीको भनाइ थियो।

अरूको भर नपरी आफू स्वयं सामाजिक सञ्जालमा सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले भने, “आज सबैको हातमा मोबाइल छ। हामी आफैँ सामाजिक सञ्जालका सिपाही हौँ। यो वैचारिक लडाइँ हरेकले लड्नुपर्छ।”

अध्यक्ष ओलीले प्रत्येक कार्यकर्ताले दिनमा कम्तीमा १० वटा फेसबुक स्टाटस लेख्न, पार्टीका काम र उपलब्धि उजागर गर्न तथा सकारात्मक विषयवस्तु साझा गर्न निर्देशन दिए। साथै, गलत प्रचारको विरुद्धमा प्रतिक्रिया जनाउन र कम्तीमा १० वटा टिप्पणी गर्न पनि उनले आग्रह गरे।

“लाइक गर्न छेउमै बटन हुन्छ, गाह्रो काम होइन। विरोध आए पनि गाली गर्नु अघि कुरा बुझेर प्रतिक्रिया जनाऔँ”, उनले भनेका छन् ।

Read more news from Sutra News

Explore by Source or Category