npl.977 Nepal News Stream

Sutra News logo Sutra News

रास्वपा नेता परियार सवार गाडी तोडफोड

सुत्र न्युज 11 hours ago

काठमाडौं । रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सवार सवारीसाधन तोडफोड भएको छ । गोरखाको भिमसेन गाउँपालिका–३ मा अज्ञात व्यक्तिहरुले उनीसहित सवार गाडी तोडफोड भएको हो ।

रास्वपा भिमसेन थापा गाँउपालिका–३ कमलटार वडाअधिवेशनका लागि जाने क्रममा आफूहरु सवार धनेज थापाको बागमती प्रदेश ०२५ च ७०३० को गाडी पार्किङ स्थलमै तोडफोड भएको परियारले जनाएका छन् ।

यसबारे परियारले सामाजिक सञ्जालमार्फत् जानकारी दिए :

प्रिय साथीहरू

रास्वपा भिमसेन थापा गाँउपालिका वडा नं ३ कमलटार वडाअधिवेशनका लागि पार्टीका तर्फवाट केन्द्रीय सदस्यद्वय प्रकाशन्द्र परियार, धनेज थापा र पर्यटन विभाग सदस्य प्रकाश लामिछाने सहितको टोली हिजो ७ वजे कमलटार आईपुगेका थियोैँ।

हामी सवार मित्र धनेजजीको वागमती प्रदेश ०२५ च ७०३० को गाडी पार्किङ स्थलमै गाडी तोडफोड गरिएको घटनावारे धेरैजना साथीहरुले चासो, चिन्ता र बिविध कोणवाट सुरक्षा खोजिरहनु भएको प्रति हार्दिक कृतज्ञता।

हामीले सम्भावित राजनीतिक प्रपन्च,षडयन्त्र,प्रतिशोध र हुलल्डबाजको बहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छोैँ।

हामी सुरक्षित छोैँ। हाम्रो कार्यक्रम केही ढिलो भए पनि सफल वनाउन आयोजक साथीहरु कार्यक्रम स्थलमा पुगेर अन्तिम तयारी गरिरहनु भएको छ। कार्यक्रम स्थगित गरिनेछैन ।

Read more news from Sutra News

Explore by Source or Category