npl.977 Nepal News Stream

Sutra News logo Sutra News

रविमाथिको अभियोग संशोधन गर्न स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सुत्र न्युज 8 hours ago

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा सहकारीको रकम हिनामिना गरेको, संगठित अपराज र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता भएको छ । यी सबै मुद्दा विचाराधीन अवस्थामा छ ।

तर, गत बुधबार (पुस ३०) महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित् जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको थियो ।

यसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ । युवराज पौडेल (युवराज सफल)ले महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको दाबी गर्दै रविविरुद्धको अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णयको बदरको माग गर्दै निवेदन दिएका हुन् ।

सफलले रविविरुद्धको मुद्दा फिर्ता हुनसक्ने भएकाले कामकारवाही अघि नबढाउन अन्तरिम आदेशको पनि माग गरेका छन् ।
सफलको निवेदनउपर सर्वोच्च अदालत प्रशासनले अध्ययन गरिरहेको छ ।

Read more news from Sutra News

Explore by Source or Category