Sutra News
निर्वाचन आयोगले बोलायो गगन समूहलाई, सभापति थापासहित सबै केन्द्रीय सदस्य जाने
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोग क्रियाशील भएको छ ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति (गगन समूह) र शेरबहादुर देउवा समूह दुवैले कांग्रेसको आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगमा दाबी पेस गरेका छन् ।
दोस्रो विशेष महाधिवेशनले सभापति गगनकुमार थापासहितको केन्द्रीय कार्यसमिति चयन गरेको छ । गगन समूहले बिहीबार आयोगमा पुगेर आवश्यकता दस्तावेज बुझाउँदै कांग्रेसको आधिकारिकता दाबी गरेको थियो ।
यसको भोलिपल्ट शुक्रबार देउवा समूहका नेताहरु पनि आयोग पुगेर आधिकारिकता दाबी गर्दै दोस्रो विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिएका छन् ।
द्वुै पक्षले दाबी पेस गरिरहँदा समस्या समाधानका लागि आयोगले गगन समूहलाई छलफलका लागि बोलाएको छ । सभापति थापासहित सिङ्गो केन्द्रीय समिति शुक्रबार दिउँसो २ बजे आयोग जान लागेको हो ।