npl.977 Nepal News Stream

Sutra News logo Sutra News

चाैतर्फी आलाेचनाका बिच महान्यायाधिवक्ताको कार्यालयले वेबसाइटबाट हटायाे रविबारेकाे विवादास्पद निर्णय

सुत्र न्युज 5 hours ago

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ।

बुधबार उक्त निर्णय सार्वजनिक भएपछि वेबसाइटमा ‘सहकारी ठगी सम्बन्धमा भएको निर्णय’ शीर्षकमा टिप्पणी र आदेश देखिएको थियो। तर शुक्रबार रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा जिबी राईसहित सबै प्रतिवादीको मुद्दा फिर्ता लिने निर्णय भएपछि सो टिप्पणी–आदेश वेबसाइटबाट हटाइएकाे हाे ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि न्याैपानेले निर्णय हटाइएको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया सञ्चार माध्यमलाई दिएका छन्।

उक्त निर्णय मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ अनुसार अभियोग संशोधनका नाममा गरिएको भए पनि सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था (दफा ११६) सँग बाझिएको भन्दै प्रश्न उठेको छ।

निर्णय सार्वजनिक भएर हटाइनु आफैंमा शंकास्पद बनेको छ।

Read more news from Sutra News

Explore by Source or Category