Sutra News
प्रतिनिधिसभा निर्वाचन : नेपाली सेनाको सहयोगमा सामाजिक सञ्जालको अनुगमन गरिने
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाको सहयोगमा सामाजिक सञ्जाल अनुगमन गर्ने भएको छ ।
आगामी मंसिर २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली सेनाको उपकरणसहितको सहयोगमा सामाजिक सञ्जालमाथि निगरानी गरिने आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धमा राजनीतिक दलसँग भएको छलफmलका क्रममा आयोगका आयुत्त सगुन शमशेर जबराले वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत् सामाजिक सञ्जालमाथिको निगरानी गरिने जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रवाह हुने सक्ने भएकाले यसलाई रोक्न फेसबुक (मेटा) र टिकटकसँग सम्झौता गर्न लागिएको आयुक्त जबराले बताए ।