npl.977 Nepal News Stream

Sutra News logo Sutra News

एमालेले बोलायो केन्द्रीय सचिवालयको बैठक

सुत्र न्युज 4 hours ago

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

माघ ३ गते शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको केन्द्रीय सचिवालय बैठकमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ ।

यही माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । यसअघि उम्मेदवारको नाम टुंगो लगाउन एमालेले सचिवालयको बैठक बोलाएको हो ।

विभिन्न कमिटीबाट सिफारिस भएर आएका व्यक्तिहरुको नाममाथि छलफल भएर उम्मेदवार टुंग्याउने एमालेको तयारी छ । यसअघि नै एमालेको क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

१६५ निर्वाचन क्षेत्रमध्ये झापा–५ का लागि अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ उम्मेदवारको नाम सर्वसम्मत सिफारिस भएको छ । बाँकी निर्वाचन क्षेत्रका लागि बैठकले उम्मेदवार टुंगो लगाउनेछ ।

Read more news from Sutra News

Explore by Source or Category