npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बीपी हाई हुँदा के खाने ? हाई ब्लड प्रेशर घटाउने उपाय यस्ता

सुत्र न्युज 2 hours ago

हाई ब्लड प्रेशरलाई हाइपरटेन्सन भनिन्छ। यो अवस्थामा धमनीभित्र रगतको दबाब बढ्छ। लामो समयसम्म बीपी उच्च रहिरहेमा रक्तनलीमा स्थायी क्षति पुग्न सक्छ र हार्ट अट्याक वा स्ट्रोकको जोखिम बढ्छ। त्यसैले हाई बीपी हुँदा के गर्ने र के खाँदा बीपी कम हुन्छ भन्ने जान्नु आवश्यक छ।

हाई ब्लड प्रेशर कम गर्न उपयोगी उपायहरू:

पानी पिउनुहोस्: शरीरमा पानीको कमी हुँदा रगत बाक्लो हुन्छ र बीपी बढ्छ। १–२ गिलास पानी पिउँदा अतिरिक्त सोडियम बाहिर निस्कन मद्दत मिल्छ।

डार्क चकलेट: डार्क चकलेटमा फ्लाभेनोइड्स हुन्छन्, जसले रक्तनली फैलाउन मद्दत गर्छ र बीपी घटाउन सहयोग पुर्‍याउँछ।

काँचो लसुन: काँचो लसुनले नाइट्रिक अक्साइड बढाउँछ, जसले रक्तनलीलाई आराम दिई बीपी कम गर्न मद्दत गर्छ।

केरा: हाई बीपीका कारण चक्कर आएमा केरा खान सकिन्छ। केराले धमनीलाई आराम दिन्छ।

नरिवल पानी: नरिवल पानी पिउँदा शरीरको सोडियम कम हुन्छ र बीपी सन्तुलनमा राख्न मद्दत मिल्छ।

गहिरो सास र आराम: गहिरो सास लिनुहोस्, आराम गर्नुहोस्, खुट्टा न्यानो पानीमा डुबाउनुहोस् र हात–मुख धुनुहोस्। यी उपायले पनि बीपी घटाउन सहयोग गर्छन्।

नोट: बीपी बारम्बार उच्च रहिरहेमा चिकित्सकको सल्लाह अवश्य लिनुहोस्। न्यूज २४बाट

Read more news from Sutra News

Explore by Source or Category