Saral Patrika
|
1 hour ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह आज पार्टीको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदैछ। भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक बसी त्यसको निर्णयसहित यो समूह आयोग जान लागेको हो।
Saral Patrika
|
1 hour ago
विराटनगर । माघे सङ्क्रान्तिको बिहानी सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदा एकै वडाका पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो।
Saral Patrika
|
3 hours ago
काठमाडौँ । सरकारले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सूचना जारी गर्दै कुल ४,४३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो। देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन र सुपरिवेक्षणका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो। कुन पदमा कति माग?
Saral Patrika
|
4 hours ago
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन अर्थात् माघ १ गते आज देशभर ‘माघे (मकर) सङ्क्रान्ति’ पर्व मनाइँदैछ। आजैदेखि सूर्य दक्षिणायनबाट उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुँदै जान्छन्। धार्मिक मान्यता अनुसार आजको दिन स्नान, दान र पूजापाठ गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ।
Saral Patrika
|
10 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र प्रस्ट दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मध्यराति निर्वाचित भएपछि बिहीबार बिहान महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने उद्घोष गरे।
Saral Patrika
|
10 hours ago
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको असली र वैधानिक समिति भएको दाबी गरे।
Saral Patrika
|
10 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे। महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए। सभापति: गगन कुमार थापा उपसभापति: विश्वप्रकाश शर्मा र पुष्पा भुषाल महामन्त्री: प्रदिप पौडेल र गुरुराज घिमिरे सह-महामन्त्री: डा.
Saral Patrika
|
15 hours ago
दिनको पाइतो बिहानको ‘मौसम’ र ‘मुड’ बाट प्रारम्भ हुन्छ। हिउँदे यामको चिसो तापक्रममा मन पनि हिउँ जस्तै जमिरहेको हुन्छ। यद्यपि शीतलहरले जमिन सेताम्मे भए पनि र हिमपातले लेक कक्रक्क भए पनि मनले ऊर्जा मन पराउँछ। मनले अल्छी होइन, उत्साह उमार्छ। शीतल सम्झना बोकेर शीतका थोपाहरू मेरो बिहानी प्रहरलाई निद्रामै झक्झक्याउन आउँछन्।
Saral Patrika
|
16 hours ago
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ। कार्यालयले यस सम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित जिल्लाका सरकारी वकिलहरूलाई स्वीकृति प्रदान गरेको हो।
Saral Patrika
|
20 hours ago
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले उग्र रूप लिँदै पार्टी फुटको संघारमा पुगेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको छ।
Saral Patrika
|
21 hours ago
काठमाडौँ। बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि आगामी माघ महिनाका लागि एक दर्जन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। पुस महिनाको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर शून्य दशमलव १४ प्रतिशत विन्दुले ओरालो लागेको छ। पुसमा औसत ब्याजदर ४ दशमलव ८ प्रतिशत विन्दु रहेकोमा माघका लागि यो दर घटेको हो।
Saral Patrika
|
22 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। वार्ता समितिका सदस्य एवं केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार बुधबार बिहान संस्थापन पक्षलाई उक्त प्रस्ताव औपचारिक रूपमा पठाइएको हो। पार्टीभित्रको आन्तरिक विवाद समाधान र भावी कार्यदिशाका लागि यो प्रस्ताव महत्वपूर्ण मानिएको छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रममा उल्लेख्य गिरावट आएसँगै आज बुधबार यस वर्षकै बढी जाडो महसुस गरिएको छ । बुधबार बिहान ललितपुरको सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेन्टिग्रेट मापन गरिएको छ । मौसमविद् उज्वल उपाध्यायका अनुसार आज बिहान ६ बजेर २७ मिनेटमा सानेपा क्षेत्रको तापक्रम ३ डिग्री सेन्टिग्रेट रेकर्ड गरिएको हो ।
Saral Patrika
|
1 day ago
१९८६ सेप्टेम्बर ५ मा पाकिस्तानको कराचीमा भएको प्यान एम फ्लाइट ७३ को अपहरण विश्व इतिहासकै एक भयावह घटना मानिन्छ। सो घटनाले नीरजा भनोट जस्ती असाधारण नायिकालाई विश्वसामु चिनाएको छ। कराचीमा इन्धन भर्ने क्रममा रहेको सो विमानमा चार जना सशस्त्र आतंककारी प्रवेश गरेपछि यात्रुहरूमा त्रास फैलिएको थियो।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेतृत्व परिवर्तनको विषयमा संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। मंगलबार राति अबेरसम्म भएको वार्तामा सभापति शेरबहादुर देउवा पद छोड्न तयार नभएपछि आपसी संवाद निष्कर्षविहीन टुङ्गिएको हो। संस्थापन पक्षले आगामी वैशाखको महाधिवेशनसम्म पर्खन आग्रह गरे पनि विशेष महाधिवेशन पक्षधरले तत्काल नयाँ नेतृत्व आउनुपर्ने अडान राखेका छन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा केही परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहे पनि तराईका थोरै स्थानमा हुस्सु लागेको छ।
Saral Patrika
|
1 day ago
तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ ।
Saral Patrika
|
1 day ago
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित पुण्य मार्गमा मंगलबार साँझ एक युवकको हत्या भएको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार स्थानीय ३५ वर्षीय रुपक राईको खुकुरी प्रहारबाट हत्या भएको हो। साँझ ६:३० बजेतिर खुकुरी प्रहार हुँदा रुपकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी र राजकीय सत्ता सञ्चालनमा ऐतिहासिक परिवर्तन ल्याउने गरी नयाँ विधान संशोधन प्रस्ताव पारित गरेको छ। पारित विधानले पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया र राजकीय पदहरूको कार्यकालका सम्बन्धमा कठोर र नयाँ व्यवस्था गरेको हो। अबदेखि कांग्रेसका नेताहरूले राजकीय पदमा अनियन्त्रित समयसम्म बसिरहन पाउने छैनन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको आयोजना पार्टीभित्रको बेथिति विरुद्धको एउटा सचेत विद्रोह भएको बताएका छन्। मंगलबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न उठाउनु आफैँमा एउटा क्रान्ति भएको जिकिर गरे। सम्बोधनका क्रममा थापाले पार्टीभित्रको यथास्थितिवादमाथि प्रहार गर्दै भने, “यो एउटा विद्रोह हो।