npl.977 Nepal News Stream

Saral patrika logo

Saral patrika

‘मौन अवधि सुरु भएपछि आचारसंहितामा कडाइ

Saral Patrika | 1 hour ago
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि ‘मौन अवधि’ सुरु भएको छ। निर्वाचन आयोगले मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि विशेष आचरण पालना गर्न निर्देशन दिएको छ। आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई अनुगमन अधिकृतको जिम्मेवारी सुम्पिएको छ।

तराई-मधेशमा रङहरूको पर्व ‘फगुआ’ को रौनक

Saral Patrika | 1 hour ago
जनकपुरधाम । पहाडी भेगमा सोमबार फागु पूर्णिमा मनाइएपछि आज मंगलबार तराई-मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। आपसी सद्भाव र एकताको प्रतीक मानिने यो पर्वलाई तराईमा विशेष गरी ‘होली’, ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ। होलीको अवसरमा सरकारले आज तराई-मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

निर्वाचन प्रचार निषेध अवधिको सुरक्षा चुस्त: गृहमन्त्री

Saral Patrika | 11 hours ago
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।

दोहोरो मतदान गरे २५ हजार जरिबाना

Saral Patrika | 12 hours ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान र प्रचारप्रसार सम्बन्धी नियमहरूमा कडाइ गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि मतदाताले एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।

दुर्घटनामा मतदान अधिकृत शिक्षक र असईको मृत्यु

Saral Patrika | 12 hours ago
काठमाडौँ। रामेछाप नगरपालिका-२ देउरालीस्थित सिरुवारीमा सोमबार भएको निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट खसेर भएको उक्त दुखद घटनामा एक सुरक्षाकर्मी र एक कर्मचारीको मृत्यु भएको हो । दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

निर्वाचन लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउने अवसर : राष्ट्रपति

Saral Patrika | 13 hours ago
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलाई केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने एउटा ऐतिहासिक अवसर भएको बताएका छन्।

निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना

Saral Patrika | 15 hours ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन सामग्रीसहित जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

नेपालमा इन्धन अभाव ? निगम भन्छ, ‘आपूर्ति सहज छ’

Saral Patrika | 16 hours ago
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपाली बजारमा देखिन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेपछि नेपालमा इन्धन अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताहरूले पेट्रोल पम्पमा लामो लाइन लगाउन थालेका छन् । विशेषगरी काठमाडौँ उपत्यकाका पम्पहरूमा आइतबार बिहानैदेखि इन्धन भर्नेको भिड बढेको छ ।

रङ्गमा एकता, मनमा जिम्मेवारी

Saral Patrika | 23 hours ago
असत्यमाथि सत्यले फेरि जितेको दिन, रङ्गिएर आउँछ आकाश, हर्षले भरिएको छिन। खेलौँ रङ्ग, साटौँ मुस्कान एक–अर्कामा, छरौँ खुसियाली हरेक घर–आँगनमा। भुलौँ आज रिस, राग, द्वेषका सबै छाया, छलकपटका बादल हटाएर फैलाऔँ माया। माहोल प्रतिनिधि सभा निर्वाचन २०८२ को पनि छ, लोकतन्त्रको बाटोमा देश अघि बढ्दै छ।

आज मध्यरातिदेखि मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने

Saral Patrika | 1 day ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान कार्य सम्पन्न नभएसम्म लागु हुने यो अवधिमा राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन्। मौन अवधि सुरु हुनुअघि आज दिनभर उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त देखिएका छन्।

निर्वाचन गराउन कर्मचारी र सुरक्षाकर्मी आज मतदान केन्द्र पुग्दै

Saral Patrika | 1 day ago
काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सबै कर्मचारीलाई तोकिएको केन्द्रमा पुग्न परिपत्र गरेको छ। दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ।

इजरायल-इरान तनाव : उडान प्रभावित: सयौँ यात्रु अलपत्र

Saral Patrika | 1 day ago
काठमाडौँ । पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावको प्रत्यक्ष असर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। इजरायल र इरानबीच सुरु भएको आक्रमण–प्रत्याक्रमणका कारण हवाई मार्गहरू बन्द भएपछि कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरब लगायतका गन्तव्यको उडान प्रभावित भएका छन्।

सुटकेसभित्र युवतीको शव फेला, श्रीमान् फरार

Saral Patrika | 1 day ago
पोखरा। पोखरा–१७ स्थित ड्यामसाइड नजिकैको पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि शंकास्पद सुटकेस देखेपछि स्थानीयले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोलेर हेर्दा २२ देखि २५ वर्ष उमेरकी युवतीको शव फेला पारेको हो।

कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको समर्थन

Saral Patrika | 1 day ago
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्ण समर्थन गर्ने निर्णय गरेको छ। उक्त पार्टीको गोकर्णेश्वर नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै घिसिङको पक्षमा उभिने औपचारिक घोषणा गरेको हो।

‘ब्यालेट’ सुरक्षाका लागि ‘बुलेट’ प्रयोग हुनसक्ने चेतावनी

Saral Patrika | 1 day ago
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतपेटिका (ब्यालेट) को सुरक्षाका लागि सुरक्षा निकायले आवश्यकता परे गोली (बुलेट) समेत चलाउन सक्ने मोरङका सुरक्षा प्रमुखहरूले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आम सञ्चार’ विषयक अन्तर्क्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र जिल्ला प्रहरी प्रमुखले यस्तो कडा सुरक्षा रणनीतिको संकेत गरेका हुन्।

खाडी मुलुक जाने श्रमिकको श्रम स्वीकृति स्थगित

Saral Patrika | 1 day ago
काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र असुरक्षाका कारण नेपाल सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि दिइने श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति रोकिएको जानकारी दिए।

निर्वाचनमा सेना : तेस्रो घेरामा रहने, मतपेटिका गणनास्थल पुर्याउने

Saral Patrika | 1 day ago
काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारीबारे स्पष्ट पारेको छ। सेनाले निर्वाचनका क्रममा तेस्रो घेराको सुरक्षा प्रदान गर्ने र मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको हो।

इरानमा रहेका सबै नेपाली सुरक्षित, सतर्क रहन परराष्ट्रको आग्रह

Saral Patrika | 1 day ago
काठमाडौँ। इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार विभिन्न प्रयोजनका लागि इरानमा रहेका कुल १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना आउने क्रममा रहेका छन्। बाँकी आठ जना नेपाली अझै इरानमै रहेका र उनीहरू सबै सुरक्षित रहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए।

निर्वाचन बहिष्कार अभियानमा सक्रिय २ जना पक्राउ

Saral Patrika | 1 day ago
विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार अभियानको नेतृत्व गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र ब्युरो सचिव डिल्ली बोहोरालाई पक्राउ गरिएको हो।

Explore news by Category