npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

दुर्घटनामा मतदान अधिकृत शिक्षक र असईको मृत्यु

Saral Patrika 1 day ago

काठमाडौँ। रामेछाप नगरपालिका-२ देउरालीस्थित सिरुवारीमा सोमबार भएको निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट खसेर भएको उक्त दुखद घटनामा एक सुरक्षाकर्मी र एक कर्मचारीको मृत्यु भएको हो ।

दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै, गम्भीर घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

घिमिरे रामेछाप नगरपालिका–३ स्थित रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षक थिए र उनलाई आगामी निर्वाचनका लागि साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा खटाइएको थियो ।

दुर्घटनामा अन्य ७ जना सुरक्षाकर्मी र कर्मचारीहरू गम्भीर घाइते भएका छन् । उनीहरूको अवस्थालाई ध्यानमा राख्दै नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

Read more news from Saral patrika

Explore by Source or Category