npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

तराई-मधेशमा रङहरूको पर्व ‘फगुआ’ को रौनक

Saral Patrika 3 hours ago

जनकपुरधाम । पहाडी भेगमा सोमबार फागु पूर्णिमा मनाइएपछि आज मंगलबार तराई-मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। आपसी सद्भाव र एकताको प्रतीक मानिने यो पर्वलाई तराईमा विशेष गरी ‘होली’, ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ।

होलीको अवसरमा सरकारले आज तराई-मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। विशेष गरी प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा पन्ध्र दिने मिथिला परिक्रमा सम्पन्न भएपछि आज होली मनाउने तयारी गरिएको छ। यहाँ होलीका अवसरमा परम्परागत होरी गायन प्रतियोगिता र चर्चित ‘महामूर्ख सम्मेलन’ समेत आयोजना हुने गर्दछ।

हिन्दू, मुस्लिम, सिख र इसाई लगायत विभिन्न समुदायका मानिसहरू एउटै रङमा रङ्गिएर एकताको सन्देश दिने यो पर्वले समाजमा विद्यमान विभेद मेटाउन मद्दत पुऱ्याएको छ।

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइने यस पर्वमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने मौलिक चलन समेत रहेको छ।

Read more news from Saral patrika

Explore by Source or Category