npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

निर्वाचन बहिष्कार अभियानमा सक्रिय २ जना पक्राउ

Saral Patrika 1 day ago

विराटनगर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार अभियानको नेतृत्व गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र ब्युरो सचिव डिल्ली बोहोरालाई पक्राउ गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई शनिबार इटहरीस्थित पशुपति चोकबाट नियन्त्रणमा लिएको थियो।

यसैबीच, उनीहरु पक्राउको पार्टीले विरोध गरेको छ। पार्टीका १६ नम्बर ब्युरो सचिव बिमल निरौलाले आफ्ना नेताहरूलाई घरमै बसिरहेको अवस्थामा विनाकारण पक्राउ गरिएको दाबी गर्दै विनासर्त तत्काल रिहाइको माग गरेका छन्।

पार्टीले वर्तमान निर्वाचनलाई ‘अमेरिकी साम्राज्यवाद प्रायोजित’ र सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’ भन्दै यस प्रक्रियाबाट मुलुकले निकास नपाउने दाबी गरेको छ।

Read more news from Saral patrika

Explore by Source or Category