Saral Patrika
|
32 minutes ago
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले अहिले सडकदेखि निर्वाचन आयोगसम्म तताएको छ। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेसँगै सुरु भएको आधिकारिकता विवादले शुक्रबार बिहानै नयाँ मोड लिएको हो।
Saral Patrika
|
39 minutes ago
सोच्नुभएको छ ? फेसबुक र गुगल विश्वकै ठूला पूँजीवादी उत्पादन हुन् । यी दुबै निःशुल्क छन् । कमाइका हिसाबले गुगल विश्वको दोस्रो ठूलो कम्पनी हो तर विश्वभर यसको मुख्य उत्पादन प्रयोग गर्दा कुनै शुल्क तिर्न पर्दैन ।
Saral Patrika
|
45 minutes ago
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको वास्तविक विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्। २७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन्।
Saral Patrika
|
1 hour ago
Saral Patrika
|
1 hour ago
काठमाडौँ । नेपालमा आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा सरकारले २०५५ सालदेखि यो दिवस औपचारिक रूपमा मनाउन प्रारम्भ गरेको हो।
Saral Patrika
|
2 hours ago
आज तिमीसँग प्रणयसूत्रमा बाँधिएको दिन भाग्यले मेरो नाम तिम्रो नामसँग चिनिएको दिन। औँठी होइन, विश्वासको अटुट घेरा बाँधियो, मनले मनलाई सुटुक्क चिनेर अपनाएको दिन। हिजोसम्म सपना थिए नयनभित्र लुकेका, आज तिनै सपनाले बास पाएको दिन। तिम्रो मन्द मुस्कानमा भविष्यको गन्तव्य देखेँ, संकोचहरू मौन भई प्रेमले जितिएको दिन।
Saral Patrika
|
3 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाउने निर्णय गरेको हो।
Saral Patrika
|
19 hours ago
विराटनगर । झापाको कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्व-पश्चिम लोकमार्गमा बिहीबार बिहान भएको भीषण सवारी दुर्घटनामा परी आमा-छोराको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह आज पार्टीको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जाँदैछ। भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक बसी त्यसको निर्णयसहित यो समूह आयोग जान लागेको हो।
Saral Patrika
|
1 day ago
विराटनगर । माघे सङ्क्रान्तिको बिहानी सुनसरीको भोक्राहानर्सिङमा ट्रक दुर्घटना हुँदा एकै वडाका पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्ग अन्तर्गत भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब साढे ५ बजे दुर्घटनामा परेको हो।
Saral Patrika
|
1 day ago
काठमाडौँ । सरकारले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सूचना जारी गर्दै कुल ४,४३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो। देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन र सुपरिवेक्षणका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो। कुन पदमा कति माग?
Saral Patrika
|
1 day ago
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन अर्थात् माघ १ गते आज देशभर ‘माघे (मकर) सङ्क्रान्ति’ पर्व मनाइँदैछ। आजैदेखि सूर्य दक्षिणायनबाट उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुँदै जान्छन्। धार्मिक मान्यता अनुसार आजको दिन स्नान, दान र पूजापाठ गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र प्रस्ट दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मध्यराति निर्वाचित भएपछि बिहीबार बिहान महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने उद्घोष गरे।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको असली र वैधानिक समिति भएको दाबी गरे।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे। महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए। सभापति: गगन कुमार थापा उपसभापति: विश्वप्रकाश शर्मा र पुष्पा भुषाल महामन्त्री: प्रदिप पौडेल र गुरुराज घिमिरे सह-महामन्त्री: डा.
Saral Patrika
|
1 day ago
दिनको पाइतो बिहानको ‘मौसम’ र ‘मुड’ बाट प्रारम्भ हुन्छ। हिउँदे यामको चिसो तापक्रममा मन पनि हिउँ जस्तै जमिरहेको हुन्छ। यद्यपि शीतलहरले जमिन सेताम्मे भए पनि र हिमपातले लेक कक्रक्क भए पनि मनले ऊर्जा मन पराउँछ। मनले अल्छी होइन, उत्साह उमार्छ। शीतल सम्झना बोकेर शीतका थोपाहरू मेरो बिहानी प्रहरलाई निद्रामै झक्झक्याउन आउँछन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णय गरेको छ। कार्यालयले यस सम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित जिल्लाका सरकारी वकिलहरूलाई स्वीकृति प्रदान गरेको हो।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादले उग्र रूप लिँदै पार्टी फुटको संघारमा पुगेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने कठोर निर्णय गरेको छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ। बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि आगामी माघ महिनाका लागि एक दर्जन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। पुस महिनाको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर शून्य दशमलव १४ प्रतिशत विन्दुले ओरालो लागेको छ। पुसमा औसत ब्याजदर ४ दशमलव ८ प्रतिशत विन्दु रहेकोमा माघका लागि यो दर घटेको हो।
Saral Patrika
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन पक्षले पार्टीको संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ। वार्ता समितिका सदस्य एवं केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार बुधबार बिहान संस्थापन पक्षलाई उक्त प्रस्ताव औपचारिक रूपमा पठाइएको हो। पार्टीभित्रको आन्तरिक विवाद समाधान र भावी कार्यदिशाका लागि यो प्रस्ताव महत्वपूर्ण मानिएको छ।