सुत्र न्युज
|
47 minutes ago
एजेन्सी । भारतीय अभिनेत्री मृणाल ठाकुर पछिल्लो समय व्यक्तिगत जीवनका हल्लाले विस्तृत चर्चा कमाइरहेकी छिन्। केही हप्ता अघि उनको नाम दक्षिण भारतीय स्टार धनुषसँग जोडियो, र अहिले आएर भारतीय क्रिकेटर श्रेयस अय्यरसँगको ‘गोप्य प्रेम’ को चर्चा व्यापक बनेको छ। यिनै निरन्तर फैलिरहेका हल्लाहरूबीच अभिनेत्रीले अन्ततः आफ्नो दृष्टिकोण सार्वजनिक राखेकी छिन्। आइतबार इन्स्टाग्राममा आमासँग टाउको मालिस गराइरहेको एउटा आरामदायी भिडिओ पोस्ट गर्दै उनले क्याप्सनमा लेखिन्, ‘उनीहरू कुरा काट्छन्, हामी हाँस्छौँ। पुनश्च: हल्ला भनेको सित्तैको प्रचार हो र मलाई नि सित्तैका कुरा नै मन पर्छ।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः प्रतिवाद गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । सिनेमाका मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो सिनेमा रिलिज भएसँगै बाल कलाकार साइमनको चर्चा सिनेमावृत्तमा निकै भैरहेको छ । उनी विभिन्न हलमा पुगर दर्शकसँग साक्षात्कार समेत गरिरहेको छन् । साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर प्रतिक्रिया लिइरहेकी छन् ।
सुत्र न्युज
|
1 hour ago
एजेन्सी । उदित नारायण झाको किसानको छोरादेखि सुरहरूको बादशाह बन्ने यात्रा प्रेरणादायक छ। उनका पिता चाहन्थे कि उनी डाक्टर वा इन्जिनियर बनून्, तर आमाले चाहिँ संगीतमा करियर बनाउने क्रममा उनीलाई पूर्ण साथ दिइन्। बिहारदेखि काठमाडौँ र त्यहाँबाट मुंबईसम्मको मेहनत र संघर्षले उनलाई बलिउडका सबैभन्दा सफल गायकमध्ये एकका रूपमा स्थापित गर्यो। विशेषगरी फिल्म ‘कयामत से कयामत तक’ ले उनकाे जीवन नै बदलिदियो। उदित नारायणले कुमार शानुसँग करिब पाँच वर्षसम्म कडा प्रतिस्पर्धा सामना गरे। उनी विवादहरूमा पनि घेरिए–पहिलो पत्नीसम्बन्धी कानुनी झगडा र ‘किसिङ’ विवाद सहित। आज उदित नारायण आफ्नो ७०औँ जन्मदिन मनािरहेका छन्।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। सोमबार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरुको जोडीलाई यो गीतमा निकै सुहाएको देखिन्छ। गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ भने यस गीतलाई सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । नेपाली चलचित्र ‘परान’ले प्रदर्शन सुरु भएको महिनाभित्रै आफ्नो बलियो बक्सअफिस गति कायम राख्दै १६ करोडभन्दा माथिको ग्रस कलेक्सनमा पुगेको छ। शनिबार रातिसम्म फिल्मको जम्मा कलेक्सन १६ करोड १६ लाख रुपैयाँ नाघेको बक्सअफिस तथ्यांकले देखाउँछ। पछिल्लो सातामात्रै फिल्मले थप २ करोड रुपैयाँ कमाई जोडेको छ। अघिल्लो शनिबार ‘परान’को कलेक्सन १४ करोड १६ लाख रुपैयाँ रहेको थियो। कात्तिक १४ गतेदेखि चलिरहेको यो फिल्ममा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा र अञ्जना बराइलीलगायत कलाकारको दमदार अभिनय छ। फिल्मको लेखन तथा निर्देशन दीपक आचार्यले गरेका हुन्।
सुत्र न्युज
|
1 hour ago
काठमाडौं । नीर शाह अभिनीत फिल्म ‘परान’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गर्दै १६ करोडभन्दा बढीको व्यापार गरेको छ। १३ मंसिरसम्म उपलब्ध सिनेपाः बक्सअफिसका तथ्यांक अनुसार, फिल्मले १६ करोड १६ लाख ७७ हजार ५५८ रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै ठूलो कमाइदार फिल्मको सूचीमा शीर्षमा पुगेको छ। उक्त अवधि भित्र फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गरेको र दर्शक संख्यामा समेत बलियो प्रदर्शन गरेको पाइन्छ। दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित ‘परान’ १४ कात्तिकमा प्रदर्शनमा आएको हो।
सुत्र न्युज
|
2 hours ago
काठमाडौं । चलचित्र विधेयक, २०८१ माथि पुनः छलफल गरिएको छ । सोमबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा विधेयकमाथि छलफल भएको हो । उक्त बैठकमा सरोकारवालाले दुई पटक सुझाव दिएपनि समितिभित्र छलफल भइसकेको र सुझाव लिइसकिएको अवस्थामा केही संगठनले फेरि र्फिता लिनुपर्छ भनी माग गर्दा प्रश्न उठेको छ । समितिमा पनि सुझाव बुझाइएपछि, ‘किन चार दिनमै फेरि र्फिता मागियो’ भन्दै सञ्चारमन्त्री जगदीश खरेलको प्रश्न उठाएका छन् । ‘सरोकारवालाले यहाँहरुलाई आएर दुई पटक सुझाव दिइसकेछन् । अनि र्फिता लिनुपर्यो भनेर म कहाँ किन आएको ?
सुत्र न्युज
|
3 hours ago
काठमाडौं । चुनावी सरकारको मन्त्रिपरिषदको बैठकले गरेको भूमि आयोग खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकले गत असोज २३ गते भूमि आयोगको केन्द्रीय कार्यालय र ७७ जिल्लाको कार्यालयलाई विघटन गर्ने निर्णय गरेको थियो । तर, यस निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरेको हो । यसअघि सरकारको निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।
सुत्र न्युज
|
4 hours ago
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा पदाधिकारी चयनको अन्तिम चरणमा पुगिरहँदा अघिल्लो शुक्रबार एकाएक सात ‘हेभ्भी वेट’ नेताहरू अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुले। जबकि उनीहरू ओली र वरिष्ठ नेता ईश्वर पोखरेल दुवै समूहसँग निरन्तर संवादमा थिए। पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न दुवै पक्षले संयम अपनाउनुपर्ने, अराजनीतिक तथा व्यक्तिगत आलोचनाबाट टाढा रहनुपर्ने र संवादलाई निरन्तरता दिनुपर्ने सहमति भएको भन्दै उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, तथा सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले ओलीको समर्थन गर्ने निर्णय गरे।
सुत्र न्युज
|
4 hours ago
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति तोकेको छ । सोमबार केन्द्रीय समिति बैठकले आगामी पुसमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । गाउँ–नगर वडा अधिवेशन पुस १६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गतेका लागि बैठकले मिति तोकेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ ।
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस २६ गतेबाट राजधानी काठमाडौंमा सुरू गर्ने निर्णय गरेको छ। महाधिवेशन पुस २६ देखि २८ गतेसम्म चल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। महतका अनुसार, अब पार्टीलाई विशेष महाधिवेशन बोलाउने आवश्यकता नरहेको निष्कर्ष कांग्रेसले निकालेको छ। उनले भने, ‘१५औँ महाधिवेशन तोकिएको समयमा हुँदैछ। त्यसैले अब विशेष महाधिवेशन आवश्यक छैन। प्रमुख कुरा अधिवेशनलाई समयमै सम्पन्न गर्नु हो।
सुत्र न्युज
|
5 hours ago
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। कतै-कतै सिगरेट तान्दा उनी निदाएका जस्तो देखिनु उनको क्यारेक्टरको विशेषता झल्काउँछ। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ। पोस्टरमा केवल सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन।
सुत्र न्युज
|
5 hours ago
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । नेपाली भाषा र साहित्यलाई विश्व समुदायमा परिचित गराउन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले पुर्याउँदै आएको योगदान उल्लेखनीय मानिन्छ । विशेषगरी नेपालबाहिर रहेका नेपाली भाषाभाषीहरूबिच भाषा, साहित्य र संस्कृतिका माध्यमबाट एकताको सूत्र बन्ने कार्यमा अनेसास निरन्तर रूपमा संलग्न रहँदै आएको छ । विश्वव्यापी साहित्यिक सञ्जाल, नियमित साहित्यिक कार्यक्रम, विधागत पुरस्कार प्रणाली तथा विविध प्रकाशन माध्यममार्फत् संस्थाले नेपाली भाषा–साहित्यको सेवा, संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। नेपाली भाषा र साहित्य राष्ट्रिय पहिचानको मेरूदण्ड भएकाले अनेसासको यो निरन्तर प्रयास भविष्यका पुस्ताका लागि मूल्यवान योगदानको रूपमा लिइन्छ ।
सुत्र न्युज
|
5 hours ago
काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’को व्यापक प्रचारप्रसार बनाउन निर्माण टिम लागि परेको छ। अष्ट्रेलियामा बसोबास गर्दै आएका यस फिल्मका नायक नायिका समेत नेपाल फर्किए। एक साताअघि अष्ट्रेलिया पुगेका निर्देशक शोभित बस्नेतले फिल्मका नायक आर ए सुरज पौडेल र नायिका विनिता कार्कीलाई लिएर नेपाल फर्किएका हुन्। नेपाल फर्किए लगत्तै उनीहरु अब फिल्म प्रचारप्रसारमा लाग्ने तयारीमा छन्। आइतबार साँझ अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका निर्देशक बस्नेतले फिल्मलाई थप उचाईमा पुर्याउनका लागि नायक नायिकालाई लिएर अष्ट्रेलियाबाट नेपाल फर्किएको बताए।
सुत्र न्युज
|
7 hours ago
एजेन्सी । एक्ट्रेस सामन्था रूथ प्रभुले सोमबार ‘द फैमिली म्यान’का प्रोड्युसर–डायरेक्टर राज निदिमोरूसँग विवाह गरेकी छन्। यो जोडीको विवाह कोयम्बटूरको ईशा योग सेन्टरस्थित लिंग भैरवी मन्दिरमा सम्पन्न भएको हो। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, अभिनेत्रीका नजिकका स्रोतले सामंथा र राजको विवाहको जानकारी पुष्टि गरेका छन्। रिपोर्टका अनुसार, सामंथाले विवाहमा रातो सारी लगाइकी थिइन्। यो एक अत्यन्तै अन्तरङ्ग विवाह समारोह थियो, जसमा करिब ३० जना मात्र आफन्त र नजिकका साथी सहभागी थिए। हालसम्म सामंथा र राज दुबैको तर्फबाट विवाहबारे कुनै आधिकारिक घोषणा गरिएको छैन।
सुत्र न्युज
|
7 hours ago
काठमाडौं । चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरू भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो । चलचित्रको छायांकन म्याग्दीबाट सुरू भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए । चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् । यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ । चलचित्र ‘रोल नंं.
सुत्र न्युज
|
7 hours ago
काठमाडौं । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृष्य र आगामी निर्वाचनलक्षित राजनीति देशको आगामी नेतृत्व लिने दौडमा देखिन्छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात गठित वर्तमान चुनावी सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन गर्दै छ । यसको तयारीस्वरुपमा आइतबार (मंसिर १४)सम्म दल दर्ताका लागि आयोगले समय दिएको थियो । सो क्रममा नयाँ २५ सहित १२० दलले आगामी निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । त्यसमध्येको एक दल हो– उज्यालो नेपाल । यो वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षण र योजनाअनुसार दर्ता गरिएको पार्टी हो ।