Saral Patrika
|
5 hours ago
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले आफू र आफ्नो पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। निर्वाचनको मौन अवधि सुरु हुन लाग्दा नियोजित रूपमा असत्य सूचना र ‘फेक’ भिडियोहरू फैलाइएको भन्दै उनले मतदाता र शुभेच्छुकहरूलाई सचेत रहन आग्रह गरेका हुन्।
Saral Patrika
|
5 hours ago
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र विध्वंशमा संलग्नहरू विरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।
Saral Patrika
|
6 hours ago
काठमाडौँ । आगामी निर्वाचनको समयमा प्रकृतिले पनि साथ दिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मतदान हुने मुख्य दिन २१ गतेसहित आगामी तीन दिन देशभरको मौसम सामान्यतया सफा रहनेछ।
Saral Patrika
|
6 hours ago
काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहुसरोकारवाला ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरिएको जानकारी दिए।
Saral Patrika
|
7 hours ago
विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान केन्द्र अतिसंवेदनशील वर्गमा परेका हुन्।
Saral Patrika
|
12 hours ago
काठमाडौँ । आज मंगलबार साँझ नेपालसहित विश्वका विभिन्न भागबाट खण्डग्रास चन्द्र ग्रहण अवलोकन गर्न सकिने भएको छ । खगोलविद्हरूका अनुसार आज साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनेछ, जसलाई एक दुर्लभ खगोलीय घटना मानिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले दिएको जानकारी अनुसार काठमाडौँमा साँझ ६ः०४ बजे चन्द्रमा उदाउनेछ ।
Saral Patrika
|
13 hours ago
काठमाडौँ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अधिकारीलाई निर्वाचनका विरुद्ध अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको हो। अधिकारीले सामाजिक सञ्जाल युट्युबमार्फत ‘निर्वाचन हुँदैन’ भन्दै भ्रामक प्रचार गरेको र निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लागेको छ।
Saral Patrika
|
14 hours ago
काठमाडौँ । दुई दशकदेखि शान्ति, अहिंसा र मानव अधिकारको वकालतमा क्रियाशील नेपाली अभियन्ता सुभाष कट्टेल प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘माया कोएने अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मानित भएका छन्। स्विट्जरल्याण्ड र भारतमा मुख्यालय रहेको संस्था ‘सेन्टर फर एक्स्पिरियन्सिङ सोसियो-कल्चरल इन्टरयाक्सन्स’ ले कट्टेलले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको सक्रिय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरेको हो।
Saral Patrika
|
17 hours ago
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि ‘मौन अवधि’ सुरु भएको छ। निर्वाचन आयोगले मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि विशेष आचरण पालना गर्न निर्देशन दिएको छ। आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई अनुगमन अधिकृतको जिम्मेवारी सुम्पिएको छ।
Saral Patrika
|
17 hours ago
जनकपुरधाम । पहाडी भेगमा सोमबार फागु पूर्णिमा मनाइएपछि आज मंगलबार तराई-मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। आपसी सद्भाव र एकताको प्रतीक मानिने यो पर्वलाई तराईमा विशेष गरी ‘होली’, ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ। होलीको अवसरमा सरकारले आज तराई-मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।
Saral Patrika
|
1 day ago
Saral Patrika
|
1 day ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान र प्रचारप्रसार सम्बन्धी नियमहरूमा कडाइ गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि मतदाताले एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।
Saral Patrika
|
1 day ago
काठमाडौँ। रामेछाप नगरपालिका-२ देउरालीस्थित सिरुवारीमा सोमबार भएको निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट खसेर भएको उक्त दुखद घटनामा एक सुरक्षाकर्मी र एक कर्मचारीको मृत्यु भएको हो । दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलाई केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने एउटा ऐतिहासिक अवसर भएको बताएका छन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन सामग्रीसहित जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
Saral Patrika
|
1 day ago
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपाली बजारमा देखिन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतसम्म बढेपछि नेपालमा इन्धन अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताहरूले पेट्रोल पम्पमा लामो लाइन लगाउन थालेका छन् । विशेषगरी काठमाडौँ उपत्यकाका पम्पहरूमा आइतबार बिहानैदेखि इन्धन भर्नेको भिड बढेको छ ।
Saral Patrika
|
1 day ago
असत्यमाथि सत्यले फेरि जितेको दिन, रङ्गिएर आउँछ आकाश, हर्षले भरिएको छिन। खेलौँ रङ्ग, साटौँ मुस्कान एक–अर्कामा, छरौँ खुसियाली हरेक घर–आँगनमा। भुलौँ आज रिस, राग, द्वेषका सबै छाया, छलकपटका बादल हटाएर फैलाऔँ माया। माहोल प्रतिनिधि सभा निर्वाचन २०८२ को पनि छ, लोकतन्त्रको बाटोमा देश अघि बढ्दै छ।
Saral Patrika
|
1 day ago
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान कार्य सम्पन्न नभएसम्म लागु हुने यो अवधिमा राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन्। मौन अवधि सुरु हुनुअघि आज दिनभर उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त देखिएका छन्।
Saral Patrika
|
1 day ago
काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सबै कर्मचारीलाई तोकिएको केन्द्रमा पुग्न परिपत्र गरेको छ। दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ।