npl.977 Nepal News Stream

Saral patrika logo

Saral patrika

बालेनका दिवंगत बुबाको भन्दै जसको तस्बिर आयो…

Saral Patrika | 14 minutes ago
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका पिता रामनारायण शाहको निधनको समाचार सम्प्रेषण गर्दा केही सञ्चारमाध्यमले त्रुटिपूर्ण तस्बिर प्रयोग गरेको भन्दै सम्बन्धित व्यक्ति र परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

निर्वाचन टिप्पणीः चुनावको आशसँगै मँहगीको त्रास

Saral Patrika | 3 hours ago
सरकारले आउँदो फागुन २१ गते चुनाव तोकेको छ । चुनावमा भाग लिनका लागि नयाँ दल र पुराना दलले नै निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावमा शान्तिसुरक्षाका निम्ति सेना परिचालन गर्न स्वीकृति प्रदान गरिसकेका छन् । अहिलेको माहौलले तोकेकै मितिमा निर्वाचन हुने संकेत देखाएको छ ।

पहिलो एक दिवसीय म्याचमा भारत विजयी

Saral Patrika | 3 hours ago
काठमाडौं । आइतबार राँचीमा भएको एक दिवसीय क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई १७ रनले हराउँदै भारत विजयी भएको छ । खेलमा विराट कोहलीेको उत्कृष्ट व्याटीङ् रह्यो । उनले १३५ औं रनको योगदान दिए । प्रसिद्ध कृष्णाको सम्यमताले अन्तिम समयमा टिमलाई विजय गरायो । भारतले दक्षिण अफ्रिकालाई ३५० रनको चुनौती दिएको थियो । खेलको अन्तिम ४९।

होली वाइनकी संस्थापकको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरु, नेपालमा यस्तो छ कनेक्सन

Saral Patrika | 5 hours ago
सियोल, दक्षिण कोरिया । दक्षिण कोरियाली अदालतले आज सोमबार (डिसेम्बर १) देखि युनिफिकेशन चर्चका नेता हान हक(जाको मुद्दाको सुनुवाइ सुरु गरेको छ, जसमाथि पूर्व प्रथम महिला किम केओन हीलाई च्यानल ह्यान्डब्याग र हीराको हार सहित विलासी वस्तुहरू उपहार दिएको आरोप छ।

‘अभिमन्यु’ नेपाली र हिन्दीमा एकसाथ

Saral Patrika | 7 hours ago
काठमाडौं । प्रतीक्षित चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ। लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको यो सिनेमा अन्ततः रिलिज हुन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ। यस चलचित्रमार्फत अभिनेता कामेश्वर चौरसियाले दुई दशक लामो करियरमा पहिलोपटक सोलो लिडको अवसर पाएका छन्।

‘गीता’ प्रादुर्भाव भएको दिन : गीता जयन्ती मनाइँदै

Saral Patrika | 9 hours ago
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बालेन र कुलमान मिल्दैछन् ?

Saral Patrika | 10 hours ago
काठमाडौँ। नेपालका दुई सर्वाधिक चर्चित र ‘पर्फर्मेन्स’ दिएका भनिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘उज्यालो नेपाल पार्टी’ का संस्थापक कुलमान घिसिङ बीचको ‘गोप्य’ भेटघाटले राजनीति वृत्तमा तरंग सिर्जना गरेको छ। कुलमान घिसिङले शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै संक्षिप्त कुरा लेखेका छन्, जसले धेरैको ध्यान तानेको छ।

कथा : साहसको बर्दी

Saral Patrika | 11 hours ago
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न ६ को एउटा गाउँबाट एक सानो बालक आफ्नो बुबासँगै सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भइरहेको मेला महोत्सव हेर्न गएको थियो। मेलामा निकै भीडभाड थियो, गीत–सङ्गीत र अनेकौँ किसिमका रमाइला खेलहरू चलिरहेका थिए। तर, रोमान्चित भीडको बीचमा अचानक त्यो सानो बालक बुबाबाट छुट्टिएर हरायो। छोरालाई खोज्दै बुबा चारैतिर भौँतारिरहे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको इतिहासमै पहिलो राजनीतिक दल दर्ता

Saral Patrika | 11 hours ago
काठमाडौँ । कुनै बेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समाजले अर्कै हिसाबले सोच्थ्यो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमा पर्नेहरूले पनि सामाजिक र विविध कारणले अपहेलित महसुस गर्थे । त्यही भएर उनीहरूले आफ्नो पहिचान खुलाउँदैनथे । समाज क्रमशः आधुनिक र लोकतान्त्रिक हुँदै गएपछि यस समुदायमा पर्नेहरूले पहिचान र अधिकारका लागि आफूलाई खुलाउन थाले ।

दमनकारीलाई पक्राउ गर्न सहिद परिवारको माग

Saral Patrika | 11 hours ago
काठमाडौँ। सहिद परिवारका प्रतिनिधिले आन्दोलनका बेला दमन गर्नेहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको भेटमा जेनजी आन्दोलनका सहिद परिवारले यो माग राखेका हुन्। प्रधानमन्त्रीसहितको टोलीसँग उनीहरुले सिंहदरबारमा भेटवार्ता गरेका थिए।

जेनजी आन्दोलन : विराटनगरमा आगजनी गर्ने समूहका नाइकेसहित ५ जना पक्राउ

Saral Patrika | 20 hours ago
विराटनगर। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गर्ने समूहका नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने समूहका नाइके ताजिम अन्सारी नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) का स्थानीय नेता हुन्। उनले सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मन्त्री हुँदा उनका स्वकीय सचिवको रूपमा काम गरेका थिए।

डिजेल-मट्टितेल १ रुपैयाँ घट्यो, हवाई इन्धनको मूल्य वृद्धि

Saral Patrika | 20 hours ago
काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। नयाँ समायोजनअनुसार डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ। निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, हवाई इन्धन (आन्तरिक उडानतर्फ) को मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ। यद्यपि, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य भने प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ।

१२० दलद्वारा आयोगमा निवेदन दर्ता : को-को मैदानमा ?

Saral Patrika | 21 hours ago
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता तथा एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कुल १२० वटा निवेदन प्राप्त भएका छन्। निर्वाचन आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार दल दर्ताको अवधि अब समाप्त भएको छ।

शैक्षिक भ्रमणका विद्यार्थी बोकेको बस दुर्घटना, २९ जना घाइते

Saral Patrika | 23 hours ago
विराटनगर। शैक्षिक भ्रमणका लागि तेह्रथुम पुगेर फर्किँदै गरेको विद्यार्थी र शिक्षक बोकेको बस आइतबार दिउँसो धनकुटामा दुर्घटना हुँदा कम्तीमा २९ जना घाइते भएका छन्। घाइते हुनेहरूमा अधिकांश विद्यार्थी र उनीहरूका शिक्षकहरू रहेको प्रहरीले जनाएको छ।

एक भए रास्वपा र विवेकशील पार्टी

Saral Patrika | 1 day ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा पार्टी एकता घोषणा भएको छ। यो एकतासँगै अब विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच दुई दलले एकीकरणको घोषणा गरेका हुन्। सो अवसरमा एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ।

‘स्मार्ट टिचर’ बनाउन नास्टको पहल : शिक्षकलाई एआई तालिम

Saral Patrika | 1 day ago
काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आधुनिक प्रविधियुक्त तालिम प्रदान गर्न सुरु गरेको छ। पठनपाठनलाई समयसापेक्ष बनाउँदै कक्षाकोठामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नवीनतम प्रविधिको प्रयोग बढाउन नास्टले यो पहल थालेको हो।

नेपालमा एचआईभी संक्रमण दर घट्दै

Saral Patrika | 1 day ago
काठमाडौँ। नेपालमा एचआईभी संक्रमितको सङ्ख्या विस्तारै घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ। यसलाई एड्स नियन्त्रणका प्रयासमा आशाको सङ्केतको रूपमा हेरिएको छ। विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमानभन्दा संक्रमण दर घटेको जानकारी दिएका छन्।

‘एनआरएनएको एकताबाट दलहरुले पनि सिके हुने’

Saral Patrika | 1 day ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ ।

बझाङमा भूकम्पको धक्का

Saral Patrika | 1 day ago
काठमाडौँ। बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ। साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको जनाएको छ।

Explore news by Category