सुत्र न्युज
|
6 days ago
सुत्र न्युज
|
6 days ago
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षबाट ६५ देखि ७० सिट जित्ने अनुसन्धान रिपोर्ट आउन थालेको जानकारी गराएका छन् । बुधबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित बामबुद्धिजीविहरूसँगको छलफलमा संयोजक प्रचण्डले फागुन २१ को निर्वाचनम ४ राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने र आफ्नो पार्टीले प्रत्यक्षतर्फ ६० देखि ७० सिट जित्ने अनुसन्धान रिपोर्ट आउन थालेको बताएका हुन् । आसन्न निर्वाचनमा नेकपा पहिलो राजनीतिक शक्ति बन्ने आधार देखिएको दाबी गरेका उनले दोस्रो र तेस्रो राजनीतिक शक्ति को हुने भन्न नसकिने बताए ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक साता मात्र बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावी परीणाम आफ्नोतर्फ तान्न प्रचारप्रसारमा जुटेका छन् । यही मेसोमा छन् नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाशशरण महत र डा. विक्रम तिमिल्सिना । दुवै उम्मेदवार पहिलोपटक जनतामाझ परीक्षण हुँदैछन् । चुनावै नलडे पनि सत्ता र राजनीतिक शक्तिको रापताप अनुभव गरेका डा. महत र यसको कुनै अनुभव नगरेका ‘भर्जिन’ नेता विक्रम नुवाकोट–१ को चुनावी मैदानमा छन् । अन्य उम्मेदवार पनि यो क्षेत्रमा प्रतिस्पर्धामा छन् ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् । जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन । यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन बुधबार ८ दिन बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । चुनावी सभादेखि घरदैलो कार्यक्रम भइरहेका छन् । यस्ता चुनावी कार्यक्रम भइरहँदा अधिकांशले सुन्ने गरेको वाक्य हो– चुनावमा उम्मेदवारले मतदातालाई पैसा बाँड्छन् । हरेक निर्वाचनमा उम्मेदवारले पैसा नबाँडेसम्म चुनाव जितिन्न भनिन्छ । आसन्न निर्वाचननजिकिँदै जाँदा ‘मतदातालाई पैसा बाडिन्छ’, ‘पैसा नबाँडी हुँदैन,’ ‘मासुभात खुवाउनुपर्छ,’ ‘मदिराको व्यवस्था गर्नुपर्छ’जस्ता विषयले अहिले पनि चर्चा पाइरहेको छ ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार बुधबार उनी थुनामुक्त भएका हुन् । निर्वाचन आयोगको आग्रहअनुसार यही फागुन ४ गते उनलाई निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले प्रक्रिया पूरा गरेर बुधबार उनलाई थुनामुक्त गरेको हो ।
सुत्र न्युज
|
6 days ago
मकवानपुर । मकवानपुरको हेटौडामा ट्रकले मोटरसाइलकलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ग२ख ८९८ नम्बरको ट्रकले ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेका प्रहरीले जनाएको छ । ट्रकका ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको चुरेहिल अस्पताल हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो ।
सुत्र न्युज
|
6 days ago
पाेखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी ( एमाले)को प्रभाव रहेको यो क्षेत्रलाई धेरैले उत्सुकताका साथ हेरेका छन् । अघिल्लो निर्वाचनमा एमालेकी नेतृ विद्या भट्टराई विजयी भएकी थिइन् भने सोही पार्टीका रवीन्द्र अधिकारी २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को निर्वाचनमा विजयी भएका थिए । २०७९ सालकाे निर्वाचनमा एमालेकी नेतृ भट्टराई विजयी भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल दोस्रो र नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धनका श्रीनाथ बराल तेस्रो भएका थिए ।
सुत्र न्युज
|
6 days ago
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताए । ‘अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,’ निधिले अगाडि भने, ‘हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा उर्जा देखिएको छ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । आसन्न निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी काठमाडौंका सडकमा सवारीसाधन व्यवस्थापनमा खटिएका छन् । काठमाडौं उपत्यकाको विभिन्न चोक र ट्राफिक जाम हुने क्षेत्रमा उनीहरुलाई खटाइएको छ । तर, ट्राफिक व्यवस्थापनको अनुभव अभावमा उनीहरुलाई सवारीसाधन व्यवस्थापन गर्न कठिनाइ भएको देखिन्छ । जसले गर्दा कार्यालय समयमा सडकमा सवारीसाधनको जाम हुँदा यात्रु मर्कामा परेका छन् । सवारीसाधन व्यवस्थापनसम्बन्धी ज्ञान र अनुभव अभावका कारण उनीहरुले ट्राफिक व्यवस्थापन गर्न सकिरहेका छैनन् । चुनावी प्रयोजनका लागि भर्ना गरिएका उनीहरु अहिले हातमा लौरो लिएर सडकमा सवारीसाधन व्यवस्थापनमा खटिएका छन् ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो पक्राउ परेकी हुन् । मंगलबार साढे १० हजार अमेरिकी डलर, २६ हजार ७०० युरो, ७ हजार ४०० चिनियाँ युआन र ४३ हजार फेम हन्ड्रा क्रोनर (स्विडेन)सहित उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जान लागेकी उनलाई चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_ को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनको घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ । लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी कप्तान भण्डारी हाल चोटका कारण मैदान बाहिर रहन बाध्य छिन् । पछिल्लो सात हप्तादेखि उनी पुनः स्थापनाको प्रक्रियामा रहेकी छन् ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् । ‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् । थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् । यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् । तर, पात्र निर्माणका लागि उनीलाई यौनकर्मी नै भेट्न आवश्यक थियो । उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो। छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा ,मान्शी शर्मा, मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरू उपस्थित भइसकेका छन्। निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन थालेको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा, बराह क्षेत्र र चतरामा हुनेछ। यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुने निर्माण पक्षले जानकारी दिएका छन्। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्। सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन बुधबार ८ दिन बाँकी छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि मत बदर नहोस् भनेर आयोगले वडा वडामा मतदाता शिक्षा कार्यक्रम चलाइरहेको छ । उम्मेदवारहरुले पनि मतदान कसरी गर्ने भनेर आफ्ना मतदातालाई सिकाइरहेका छन् । आयोगले पनि मतदाता तथा सरोकारवालाको जिज्ञासा मेटाउन कल सेन्टर पनि राखेको छ । निर्वाचनसँग सम्बन्धित विषयमा जानकारी लिन परेमा टोल–फ्री नम्बर ११०२ मा कल गर्न आयोगले भनेको छ । साथै आयोगले कुन अवस्थामा मत बदर हुन्छ भनेर पनि जानकारी दिएको छ ।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायाङ्कन सकेका हुन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिना मै फिल्मको सुटिङ कार्य सकिएको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा फिल्मको सुटिङ सम्पन्न भएको हो। उनका अनुसार यो फिल्म सामाजिक कथावस्तुमा आधारित हो।
सुत्र न्युज
|
6 days ago
काठमाडौं । इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलग’ आयोजना गरेको छ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपाय खोज्न विभिन्न सरोकारवालालाई एउटै मन्चमा ल्याएको हो । कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो ।
सुत्र न्युज
|
6 days ago
काठमाडाैं । मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तर विद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । औपचारिक उद्घाटन कार्यक्रम भने बुधवार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधवारै ट्रफी पनि सार्वजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले मंगलबार बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्राविधिक प्रमुख रवीन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
सुत्र न्युज
|
6 days ago
काठमाडाैं । विश्वभर प्रवासी र शरणार्थीहरूको संख्या अभूतपूर्व रूपमा बढ्दै गएको छ। युद्ध, हिंसा, प्राकृतिक प्रकोप र आर्थिक असमानताको कारण लाखौँ मानिस आफ्नो घर, देश र जीवनशैली छोड्न बाध्य भएका छन्। यसले मानव अधिकार, सुरक्षा र आर्थिक संरचनामा गम्भीर प्रभाव पारेको छ। सिरिया, अफगानिस्तान, यमन र सुडानमा जारी संघर्षले लाखौँ नागरिक विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय संघसंस्थाका अनुसार अफगानिस्तानमा मात्र करिब ५.८ मिलियन शरणार्थी छन्। यसैबीच, शरणार्थी शिविरहरूमा सुरक्षा र स्वास्थ्य सेवा कमजोर भएको कारण बच्चा, महिला र वृद्धहरू विशेष जोखिममा छन्।
सुत्र न्युज
|
6 days ago
काठमाडाैं । अमेरिकाले ठूलो झट्का दिएको छ। डाेनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले भारतीय सोलार प्यानलमा १२६ प्रतिशत प्रारम्भिक ट्यारिफ (शुल्क) लगाउने निर्णय गरेको छ। अमेरिकी सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पनि ट्रम्पको यो कदमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। भारतसँगै अन्य देशहरू पनि यस निर्णयबाट प्रभावित भएका छन्। अमेरिकाले इन्डोनेसियामाथि ८६ प्रतिशतदेखि १४३ प्रतिशतसम्म र लाओसमाथि ८१ प्रतिशतसम्म शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। यसअघि ट्रम्पले लगाएको भारी ट्यारिफमाथि अमेरिकाकाे सर्वाेच्च अदालतले रोक लगाएको थियो। अदालतले उक्त निर्णयलाई संसद् (कंग्रेस)मा लैजान आदेश दिएको थियो।