npl.977 Nepal News Stream

Sutra News logo

Sutra News

Sutra News - Digital Magzine

प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ ?

सुत्र न्युज | 27 minutes ago
काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन् । ‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ ।

नुवाकोटको गोरू जुधाउने जात्रा आज, यस्ताे छ ऐतिहासिक महत्त्व

सुत्र न्युज | 42 minutes ago
काठमाडाैं । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावालीघर तारुकामा आउँदा उनलाई मनोरञ्जन दिलाउने उदेश्यले सुरु गरिएको यो गोरु जुधाइ मेलाको आफ्नै किंवदन्ती छ । यो मेला आजैको दिन अर्थात माघे संक्रान्तिमा मनाइन्छ । जय पृथ्वी बहादुर सिह १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मावालीले मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरका गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम बन्यो र अहिलेसम्म यो परम्परा निरन्तर छ। एउटा मनोरञ्जनको उद्देश्य राखेर सुरु गरिएको यो खेल अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रचार छ।

अमेरिकाले नेपालसहित ७५ देशका लागि इमिग्रेन्ट भिसा प्रक्रिया राेक्याे

सुत्र न्युज | 1 hour ago
काठमाडाैं । अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशका नागरिकहरूका लागि इमिग्रेन्ट (स्थायी बसोबास) भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो निर्णय २१ जनवरी २०२६ देखि लागू हुने र अर्को सूचना जारी नभएसम्म कायम रहने अमेरिकी प्रशासनले जनाएको छ। अमेरिकी प्रशासनका अनुसार, यो कदम ‘पब्लिक चार्ज’ नीति उल्लङ्घनको जोखिम भएका व्यक्तिहरूको प्रवेश रोक्नका लागि लिइएको हो। पब्लिक चार्ज भन्नाले अमेरिका पुगेपछि सरकारी सहायता, सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यक्रमहरूमा अत्यधिक निर्भर हुन सक्ने आवेदकहरूलाई जनाइन्छ।

पुस मसान्तसम्म लक्ष्यभन्दा १८ प्रतिशतले कम राजस्व सङ्कलन

सुत्र न्युज | 1 hour ago
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो छ महिनामा नै करिब १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लक्ष्य पूरा हुन नसकेको देखिन्छ ।

विशेष महाधिवेशनबारे निर्वाचन आयोगलाई पहिल्यै जानकारी, ९ लाख ८० हजार सदस्य उभ्याउने गगनको दाबी

सुत्र न्युज | 1 hour ago
काठमाडौं । नेपाली कांग्रेस दुई धारमा विभाजित भएको छ । शेरबहाद्रु देउवा र गगन थापा दुवैले कांग्रेसको आफू सभापति रहेको दाबी गरेका छन् । १४औँ महाधिवेशनले आफूलाई सभापति बनाएको देउवाले दाबी गर्दा दोस्रो विशेष महाधिवेशनले आफूलाई नयाँ सभापति बनाएको गगनको दाबी छ । यही पुस २७ देखि ३० गते मध्यरातिसम्म काठमाडौंको भृकुटीमण्डमा चलेको दोस्रो विशेष महाधिवेशनले गगनलाई सभापति चयन गरेपछि वैधानिकताको प्रश्नले कांग्रेसलाई घेरेको छ ।

गगन थापा नेतृत्वमा केन्द्रीय समितिको बैठक बस्दै

सुत्र न्युज | 2 hours ago
काठमाडौं । नेपाली कांग्रेस (गगन समूह)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा केहीबेरमै बैठक बस्न लागेको हो । बुधबार मध्यराति सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

रविमाथिको मुद्दा फिर्ता गर्ने निर्णयप्रति शंकर पाेखरेलकाे आपत्ति– याे कानुनी राज्यको उपहास हाे

सुत्र न्युज | 2 hours ago
दाङ । एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे ।

मालवाहक ट्रक पल्टिँदा ५ जनाले गुमाए ज्यान

सुत्र न्युज | 2 hours ago
काठमाडौं । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा मालवाहक ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मार्बल बोकेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार ५ जनाको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको सो ट्रकमा परेलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

सुत्र न्युज | 2 hours ago
काठमाडौं । उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्यमा गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ५ सय रुपैयाँले कम हो। बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज १७० रुपैयाँ घटेर प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ।

विशेष महाधिवेशनबाट सभापति बनेपछि गगनले भने– कांग्रेसको शान जोगाएर काम गर्छु

सुत्र न्युज | 2 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएपछि गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने बताए । उनले भने, ‘यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले भन्दा पनि तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठूलो जोखिम उठाउनुभएको छ। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ। म तपाईंहरू सबैप्रति आभारी छु।

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोप महान्यायाधिवक्ताद्वारा फिर्ता

सुत्र न्युज | 18 hours ago
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध लागेको सबैभन्दा गम्भीर अभियोग सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले सरकारी वकिल कार्यालयले अघि सारेको उक्त अभियोग फिर्ता लिन स्वीकृति दिएको पुष्टि गरेकी छन्। भण्डारीका अनुसार, लामिछानेले आफूमाथि लगाइएका आरोप खारेज गर्न औपचारिक रूपमा निवेदन दिएका थिए, जसबारे निर्णयका लागि सरकारी वकिल कार्यालयहरूबाट फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाइएको थियो। ‘लामिछानेको निवेदन आएको थियो। त्यसमा के गर्ने भन्ने विषय निर्णयका लागि पठाइएको थियो। हामीले अभियोगदाबी फिर्ता लिन स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।

नयाँ वर्षमा टाटाको ‘बिग स्विच’अफर

सुत्र न्युज | 18 hours ago
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’अभियान सार्वजनिक गरेको छ। जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यस चार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्। यस ‘बिग स्विच’ अभियानको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडीको ‘उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन’ उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु रहेको छ।

टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

सुत्र न्युज | 18 hours ago
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु हुन गइरहेको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित GARS ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्। पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनिले जनाएको छ।

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

सुत्र न्युज | 18 hours ago
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

‘रोल नम्बर १’को पहिलो चरणको छायांकन सकियो

सुत्र न्युज | 18 hours ago
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो । दुई साताको ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए । निर्माता पौडेलका अनुसार हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो ।

विश्वप्रकाशले किन महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएर गुरू घिमिरेलाई बनाए ?

सुत्र न्युज | 19 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि महामन्त्रीको उम्मेदवारीबाट विश्वप्रकाश शर्माले आफ्नै नाम फिर्ता लिएर गुरूराज घिमिरेलाई अगाडि ल्याएका छन्। शर्माले महामन्त्रीको प्रतिस्पर्धा छोडेर गुरूराज घिमिरेको उम्मेदवार बनाएपछि महामन्त्रीको लागि दुई उम्मेदवार मात्र बाँकी छन्- गुरूराज घिमिरे र प्रदीप पौडेल। हालसम्म शर्माले कुन पदमा उम्मेदवारी दिने टुंगो लागिसकेको छैन। दुई उपसभापति पदका लागि फरमुल्लाह मन्सुरको उम्मेदवारी दर्ता भएको छ। सभापति पदका लागि गगन थापाको मात्र उम्मेदवारी दर्ता भएको छ भने, सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिए। महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गर्नेछ।

देउवालाई के को डर ?, गगन-विश्वलाई कारबाहीपछि बढाइयो सुरक्षा

सुत्र न्युज | 19 hours ago
काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चर्किँदै गएपछि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास वरिपरि सुरक्षाकर्मीको टोली थप गरिएको छ। यो सुरक्षा व्यवस्था बुधबार केन्द्रीय समितिले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गरेपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर गरिएको हो। काठमाडौं प्रहरीका अनुसार, देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली कडा गरिएको छ। भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन पनि महामन्त्रीद्धय गगन-विश्वको नेतृत्वमा भइरहेको छ।

Explore news by Category