npl.977 Nepal News Stream

Sutra News logo Sutra News

एक्सन फिल्मबाट कमब्याक गर्दैछन् आकाश श्रेष्ठ

सुत्र न्युज 5 hours ago

 

काठमाडौं । आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए ।

आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ ।

नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । फिल्मलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।

आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित देखिएका छन् । आकाशले दर्शकको प्रतीक्षा विशेष हुने तर्क गरे । यो फिल्मको कथा सुमन गजमेरले तयार पारेका हुन् । फिल्मको छायांकन फागुनको अन्तिमबाट सुरू गर्ने तयारी रूपेशको छ ।

फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरूको बारेमा जानकारी एकपछि अर्को रूपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

Read more news from Sutra News

Explore by Source or Category