Sutra News
जाडोमा समुन्द्री किनारमा हट प्रियंका कार्की (तस्बिरहरू)
काठमाडौं । अभिनेत्री प्रियंका कार्की आज नेपाली मनोरञ्जन उद्योगको सबैभन्दा चर्चित अनुहारमध्ये एक हुन्। सौन्दर्य प्रतियोगिताबाट खुलेको ढोका उनलाई टेलिभिजन, मोडलिङ, विज्ञापन र फिल्म हुँदै स्टारडमसम्म पुर्यायो।
प्रियंकाले दर्जनौं चर्चित विज्ञापन र घरेलु फिल्महरूमा अभिनय गर्दै आफूलाई ‘ए-लिस्ट’ अभिनेत्रीका रूपमा स्थापित गरिसकेकी छन्। अभिनय मात्र होइन, उनको फेसन सेन्स र स्टाइल स्टेटमेन्ट युवापुस्तामाझ ट्रेन्डसेटरकै रूपमा हेरिन्छ।
सामाजिक सञ्जालमा कहिले तस्बिरका कारण त कहिले अरू कारण भाइरल भइरहन्छिन्। यही क्रममा उनले हालै समुन्द्रको किनारामा खिचेको हट तस्बिरहरू अहिले भाइरल भैरहेका छन्।
उनको स्टाटसमा लेखिएको छ, ‘गर्मी मौसमको याद आयो। समुन्द्री किनारमा रमाउन मन छ।’
