npl.977 Nepal News Stream

Sutra News logo Sutra News

यी हुन् रास्वपामै रहेका उज्यालोका नेताहरू, रिमा विश्वकर्मा पनि (नाम)

सुत्र न्युज 8 hours ago

 

काठमाडौं । उज्यालो नेपाल पार्टी दर्ताका क्रममा पेस गरिएका केन्द्रीय सदस्यमध्ये करिब एक दर्जन प्रभावशाली नेताहरूले उज्यालो नेपालमा नरहने निर्णय गरेका छन्।

निर्वाचन आयोगमा पूर्वसचिव अनूप उपाध्यायको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको विवरण पेस गरिएको थियो। उपाध्याय अध्यक्ष रहेकै समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने निर्णय गरिएको थियो।

एकता भंगसँगै कुलमान घिसिङलाई अध्यक्ष बनाएर उज्यालो नेपाल बने पनि सबै नेता उज्यालो नेपालमा फर्किएनन्।

पार्टी दर्ताकै केन्द्रीय सदस्य रहेका डा. तारा जोशी, डा. विशाल भण्डारी, डा. अभिषेक सिंह, डा. सागर ढकाल र डा. घनश्याम पाण्डे उज्यालो नेपालमा फर्कन तयार नभएको खुलेको छ।

विवेकशील साझाको पृष्ठभूमि भएका निर्देश सिलवाल र सञ्जिव भट्टराईले पनि उज्यालो नेपालमा आवद्ध नहुने स्पष्ट गरेका छन्। रास्वपाको समानुपातिकतर्फको बन्द सूचीमा रहेकी रिमा विश्वकर्माले समेत उज्यालोमा नफर्कने निर्णय गरेकी छन्।

तत्कालीन केन्द्रीय सदस्य डा. विशाल भण्डारीले उज्यालो नेपालमा नरहने निर्णय औपचारिक रूपमा जानकारी गराउँदै वैकल्पिक राजनीतिमाथि गम्भीर प्रश्न उठाए। उनले भने, ‘वैकल्पिक शक्तिहरू एक ठाउँमा हुनुपर्छ भन्ने हाम्रो जोड हो। नयाँ शक्तिहरू नमिल्ने हो भने देशमा अस्थिरता यथावत् रहन्छ।’

Read more news from Sutra News

Explore by Source or Category