npl.977 Nepal News Stream

Sutra News logo Sutra News

ओली, विप्लव र जनार्दनबिच चुनावी तालमेल !

सुत्र न्युज 7 hours ago

काठमाडौं । फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच तालमेलको छलफल अघि बढेको छ । तीन दलबिच बेग्लाबेग्लै रूपमा चुनावी तालमेलको छलफल अघि बढेको हो ।

एमाले र माओवादीबिच केही समयदेखि नै तालमेलको विषयमा छलफल चलिरहेको छ । विशेषगरी एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताका बिचमा संवाद भइरहेको छ ।

केही दिनअघि मात्रै एमालेका नेता सूर्य थापाले माओवादी नेता दिनेशविक्रम चन्दसँग तालमेलको नियमित छलफलमा रहेको कुरा सार्वजनिक गरेका थिए । उनले तालमेलको छलफल निकै सकारात्मक भएको पनि बताएका थिए ।

माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव स्वयं रोल्पाबाट चुनाव उठ्ने तयारीमा छन् । सोही क्षेत्रमा नेकपाबाट वर्षमान पुन उठ्दै छन् । जहाँ उनले एमालेसँग तालमेल गर्न खोजेका हुन् ।

यता, प्रलोपाका नेता जनार्दन शर्मा स्वयंले नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तालमेलको प्रस्ताव राखेका छन् । बताइएअनुसार उनी ओलीलाई भेट्नु ओली निवास गुण्डु पुगेका थिए ।

डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक भएको प्रलोपाले गोरखा, रुकुम र भोजपुरसहित विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेको छ ।

माओवादी समूहका दुवै पार्टीको कर्णालीका केही क्षेत्रमा प्रभाव रहेको पाइन्छ । जहाँ एमाले कमजोर छ । उनीहरूले सोही क्षेत्रमा तालमेल गर्ने गरी छलफल बढाएका हुन् ।

सम्बन्धित समाचार

प्रभाव क्षेत्रलाई सुरक्षित गर्ने दाउमा विप्लव, एमालेसँग बढाए चुनावी तालमेलको छलफल

Read more news from Sutra News

Explore by Source or Category