npl.977 Nepal News Stream

Sutra News logo Sutra News

विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति [पत्रसहित]

सुत्र न्युज 6 hours ago

काठमाडाैं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी समूहका संयोजक मिराज ढुंगानाबीच चार बुँदे सहमति भएको छ। बिहीबार दुवै नेताले संयुक्त रूपमा सहमति पत्रमा हस्ताक्षर गर्दै राजनीतिक सहकार्यलाई औपचारिक रूप दिएका हुन्।

सहमतिअनुसार मुलुकमा सर्वपक्षीय समझदारी कायम गर्दै अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गरिनेछ। साथै, जेनजी विद्रोहले उठाएका मागहरू पूरा गराउन दुवै पक्ष एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरिएको छ।

चार बुँदे सहमतिमा जनआन्दोलन तथा जनताको चाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको स्थापना, भ्रष्टाचार नियन्त्रणका लागि विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।

यस्ता छ सहमति

Read more news from Sutra News

Explore by Source or Category