npl.977 Nepal News Stream

Sutra News logo Sutra News

कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आयोगले कहिलेसम्म गर्ला निर्णय ?

सुत्र न्युज 8 hours ago

 

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद चुलिँदै जाँदा निर्वाचन आयोगले निर्णयको जिम्मा कानुनमै छाडेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा आयोगले कानुनअनुसार नै निर्णय गर्ने बताए।

भण्डारीले फैसला नआउन्जेल कुनै टिप्पणी नगर्ने अडान लिँदै भने, ‘यो विषयको निरुपण नभएसम्म म केही बोल्दिनँ। कानुनले तोकेको मितिभित्र छिट्टै निरुपण हुन्छ।’

यद्यपि, कहिलेसम्म र कुन प्रक्रियाबाट टुंगो लाग्छ भन्ने विषयमा कानुनमा स्पष्ट व्यवस्था छैन।

आजै कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्म चयन भएका गगन थापा निर्वाचन आयोग पुगेका थिए। उनले माघ ३ गतेभित्र पार्टी अद्यावधिकको विषय टुंग्याइदिन आयोगसँग आग्रह गरेका थिए।

थापा नेतृत्वको कांग्रेसले अद्यावधिक गरिएको १३७ सदस्यीय केन्द्रीय कार्यसमिति आयोगमा बुझाइसकेको छ। पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको थियो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गतेसम्म प्रत्यक्षतर्फका उम्मेदवारको सूची बुझाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।

Read more news from Sutra News

Explore by Source or Category