npl.977 Nepal News Stream

Kendrabindu logo

Kendrabindu

kendrabindu: Trusted Nepali News for Every Reader

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

इन्द्र कमल रोक्का | 22 minutes ago
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

योग विज्ञान मात्रै होइन, महाविज्ञान होः डा क्षितिज बराकोटी

इन्द्र कमल रोक्का | 27 minutes ago
काठमाडौँ। आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

काठमाडौंमा ४ माघमा एमालेले चुनावी सभा गर्ने

प्रेम गुरागाई | 30 minutes ago
काठमाडौं । नेकपा (एमाले)ले माघ ४ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । नेकपा (एमाले)का सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए ।

विदेश पठाइदिन्छु भन्दै करिब २९ लाख ठगी गर्ने पाँच जना पक्राउ

इन्द्र कमल रोक्का | 32 minutes ago
काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

राष्ट्रपति पौडेल बागलुङमा

इन्द्र कमल रोक्का | 36 minutes ago
ढोरपाटन। राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा गएका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि पुगेका हुन्। राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गरे ।

पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

इन्द्र कमल रोक्का | 41 minutes ago
भद्रपुर। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा गगन थापा समुहको पहिलो केन्द्रिय बैठक शुरु

इन्द्र कमल रोक्का | 58 minutes ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सुरू भएको छ । बैठकले आगामी रणनीति तय गर्नेछ । संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

बंगलादेशका क्रिकेट निर्देशकलाई १ बजेसम्म राजिनामाको अल्टिमेटम

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौँ । क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम अमिनुल इस्लामलाई पदबाट राजीनामा दिन बिहीबार दिउँसो १ बजेसम्म अल्टिमेटम दिएको छ। समय भित्र राजीनामा नदिए खेलाडीहरूले क्रिकेटका सबै फम्र्याट बहिष्कार गर्ने चेतावनी दिएका छन्। यो विवाद तब सुरु भयो जब अमिनुलले सिनियर क्रिकेटर तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेका थिए।

पार्टी विभाजन भएको छैन, १०लाख क्रियाशील सदस्यमध्ये ९लाख ८०हजार हामीसँग छन्: गगन थापा

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँसुकै उभ्याउन सक्ने दाबी गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिले जसरी शेरबहादुर देउवालाई सभापति चुने, त्यस्तै आफूलाई पनि प्रतिनिधिहरूले सभापति चयन गरेको बताए र सबै प्रतिनिधि आफूलाई समर्थनमा रहेको बताए।

ऐतिहासिक महत्व बोकेको पादुका त्रिवेणीधाम

इन्द्र कमल रोक्का | 1 hour ago
बाजुरा । देशकै दुर्गम तथा मानव विकास सुचकांकको पुछारमा रहेको जिल्ला बाजुरा, हरेक सेवा सुविधाबाट प्रताडित यो जिल्ला विभिन्न सम्भावनाका हिसाबले निकै धनी छ । प्रचुर सम्भावना बोकेका प्रख्यात धार्मिक तथा प्राकृतिक स्थल यहाँ छन्। बाजुरा धार्मिक क्षेत्रमा पनि उत्तिकै प्रख्यात । धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकादेखि नाटेश्वरी यहिँ छन्।

काँग्रेसको नवनिर्वार्चित कार्यसमितीले डाक्यो पहिलो बैठक

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पश्चात गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको पहिलो बैठक आज बस्ने भएको छ । दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलमा बस्ने भएको हो । बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य आज कतिमा भईरहेछ त कारोवार ?

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

गोबर गणेश’ आजबाट प्रदर्शनमा

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ ।

देश संविधानले र पार्टी विधानले चल्नुपर्छ : विश्वप्रकाश शर्मा

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उपसभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान र विधानले देश र पार्टी चल्ने बताएका हुन् । उनले भने, ‘देश संविधानले चल्छ । देशले संविधानको बाटो छाड्यो भने वेथितीमा पुग्छ ।

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएकी छन्।

सुनसरीमा ट्रक दुर्घटनाः ५ मजदुरको मृत्यु, ३ घाइते, चालक फरार

इन्द्र कमल रोक्का | 2 hours ago
सुनसरी। सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ मजदुरको मृत्यु भएको छ यस्तै ३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नर्सिङ–८, सोनियाहीमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित दुर्घटना भएको हो । ट्रकको पछाडि सामानमाथि बसेका पाँच मजदुरको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

इन्द्र कमल रोक्का | 3 hours ago
काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यसहित “विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ ।

६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व संकलन, वार्षिक लक्ष्य पूरा गर्न बाँकी ९ खर्ब चुनौतीपूर्ण

इन्द्र कमल रोक्का | 3 hours ago
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अर्धवार्षिक लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोडको ८१.७५ प्रतिशत मात्र हो। अर्थ मन्त्रालयका अनुसार, लक्ष्यभन्दा करिब १ खर्ब ३० अर्ब कम संकलन भएको छ।

आजको मौसम : पश्चिमी वायू सक्रिय

इन्द्र कमल रोक्का | 3 hours ago
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ । महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

माघी तथा मकर संक्रान्तिको अवसरमा प्रचण्डद्वारा शुभकामना, एकता र समृद्धिको आह्वान

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

Explore news by Category