इन्द्र कमल रोक्का
|
19 minutes ago
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।प्रहरी परिसर काठमाडौंका अनुसार सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
इन्द्र कमल रोक्का
|
27 minutes ago
काठमाडौं । आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।
इन्द्र कमल रोक्का
|
30 minutes ago
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ ।
इन्द्र कमल रोक्का
|
33 minutes ago
लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ ।
इन्द्र कमल रोक्का
|
44 minutes ago
काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज परिक्रमामा सहभागी तथा जनकपुरवासीले अन्तःगृह परिक्रमा गरेका छन् । यो संगै मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज समाप्त भएको छ ।हिजो जनकपुरधाम आईपुगेको परिक्रमा, राती १२ बजेदेखिनै अन्तगृह परिक्रमामा सहभागी भएका छन् । अन्तःगृह परिक्रमामा जनकपुरधाम वरिपरिको ५ कोसको पैदल यात्रा गर्नुपर्ने हुन्छ ।
इन्द्र कमल रोक्का
|
50 minutes ago
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।
इन्द्र कमल रोक्का
|
53 minutes ago
काठमाडौं । फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
इन्द्र कमल रोक्का
|
54 minutes ago
हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ ।मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।
इन्द्र कमल रोक्का
|
56 minutes ago
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् ।
इन्द्र कमल रोक्का
|
58 minutes ago
भजनी। टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षदेखि कर्णाली नदी किनारमा बगरखेती गर्दै आएका छन्। सिँचाइ सहज र उत्पादन राम्रो हुने भएकाले उनी नदी किनार र टापुको जमीन प्रयोग गर्दै खेती गर्दै आएका हुन्। थारूले प्याजखेतीलाई प्राथमिकता दिएका छन्। बर्सेनि १०–१२ क्विन्टल प्याज टापुबाट उत्पादन गरिन्छ। प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटर पनि उत्पादन गरिन्छ।
इन्द्र कमल रोक्का
|
1 hour ago
पाँचथर। जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। प्रशासनले फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म सीमाबाट हुने आवागमनमा रोक लगाएको जनाएको हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
सिद्धार्थनगर। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज देखिन छाडेको छ । फागुन २१ गते हुने निर्वाचनअघि चुनावी प्रचारका लागि सक्रिय रूपमा प्रयोग हुँदै आएको उक्त फेसबुक पेज सोमबार रातिसम्म सञ्चालनमा थियो। लामिछानेले अन्तिम समयसम्म मत माग्दै भिडियो सन्देशसमेत पोस्ट गरेका थिए।
इन्द्र कमल रोक्का
|
1 hour ago
कर्णाली। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२ः०० बजे पश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ सङ्गठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
म्याग्दी। रघुगङ्गा गाउँपालिका–१ बेगस्थित स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। बेगखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका नगेन्द्र पाइजा र लक्ष्मीदेवी पाइजाले विपन्न वर्गलाई लक्षित गर्दै पिता जसबहादुर पाइजा र आमा मनिषा पाइजाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुने गरी भारतसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँगका सीमानाका निर्वाचन सुरक्षालाई ध्यानमा राखी बन्द गरिएको हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार इन्धन आपूर्ति नियमित रहेको र निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
इन्द्र कमल रोक्का
|
1 hour ago
गण्डकी। आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशका ११ जिल्लामा सुरक्षा व्यवस्था कड उनका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। सोमबारसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्। मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सम्बन्धित निकाय परिचालित रहेको उनले बताए।
इन्द्र कमल रोक्का
|
2 hours ago
गण्डकी। पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको हिमालय आँखा अस्पतालले स्थापना भएको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले २०४९ सालमा स्थापना भएको अस्पतालले हालसम्म ४३ लाख नागरिकलाई सेवा दिएको जानकारी दिइन्।